
बहराईन । संघीय लिम्बुवान सामाजिक मञ्च बहराइनको अध्यक्षमा दुर्गा विवस निर्विरोध निर्वाचित भएको छ । बुधबार सम्पन्न मञ्चको तेस्रो अधिवेशनबाट लिम्बु निर्वाचित भएका हुन् ।
बहराइनमा आयोजित तेस्रो ऐतिहासिक अधिवेशनले लिम्बुको अध्यक्षतमा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षहरुमा सनम माखिम, पूर्ण लक्सम्बा, उपाध्यक्षहरुमा सेर बहादुर लुम्फुङवा, हरिस लावती, नरबहादुर याक्खा, चितमाया कङलिवा, छत्र संयोक्पा लिम्बु रहेका छन् । त्यसैगरी महासचिवमा अशोक इवा, उपमहासचिवमा विजय मेन्याङबो, सचिवमा मोहन आङला, सहसचिवहरुमा खिर लिम्बु, दिपक ईवा, त्यसैगरी अर्थसचिवहरुमा हेमराज थाङसुहाङ र अनमोल एक्तेन निर्वाचित भएका छन् ।
यसैगरी अधिवेशनले सदस्यहरुमा भक्त लिम्बु, रिता लिम्बु तुम्बापो, बिश्व चेम्जोङ, सुनिता लिम्बु, गणेश रिमाल, दिपा कन्दङ्वा, सानी राई, ज्ञान ईवा, सानो माया चोङबाङ, रन्जना राई, सानु माया पन्धाक र संस्थापक सदस्यमा मीन कुमार थेगिम निर्वाचित भएका छन् ।
उक्त अधिवेशनले बिशेष सल्लाहकारहरुमा टंक राज जबेगु, भिम लक्सम, बादल श्रेष्ठ, अमित केरुङ चयन भएका छन् ।