तामाङसालिङ अध्यक्षमा मिङमाङ लामा निर्वाचित

 लिम्बुवान न्युज
                       

काठमाडौं, १८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय तामाङसालिङ मञ्च, नेपालको अध्यक्षमा मिङमार लामा निर्वाचित भएका छन् । आज (शनिबार) काठमाडौं बौद्धमा आयोजित प्रथम प्रान्तीय अधिवेशनले लामाको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति सर्वसम्मतिमा चयन गरिएको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि अध्यक्ष लिङदेनले तामाङसालिङबासी तामाङ लगायत आदिवासी, दलित, खस, थारु, मधेशी, मुश्लिम समुदायको हकहितको लागि आफू अझैपनि अग्रमोर्चामा लड्ने बताए । पहिचानको आधारमा १०+१ प्रान्त नबनेसम्म मञ्च निरन्तर मुद्दामा केन्द्रित रहेर अघि बढ्ने बताएका छन् । उनले भने लिम्बुवानको जगबाट शुरु भएको पहिचानको यात्रा खसानसम्म नपुगेसम्म यात्रा जारी राख्ने बताए ।

आजै सम्पन्न बन्दसत्रले लामाको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । समितिको उपाध्यक्षहरुमा धनबहादुर लेपचन, मनबहादुर तामाङ, डा. दिलबहादुर थोकर तामाङ, लेङ तामाङ, नुर्पू गेन्जेन शेर्पा निर्वाचित भएका छन् । महासचिवहरुमा अजय तामाङ, गोपाल तामाङ र पदम तामाङ त्यसैगरी उपमहासचिवमा दोर्जे तामाङ, सुमन भोटे (साङग्युर तामाङ), राकेश तामाङ छन् । सचिवमा निमा दोर्जे शेर्पा, अनुस्का लामा, अविनास गोले तामाङ, छन्तसिङ तामाङ र सम्झना तामाङ चयन भएका छन् । त्यसैगरी अर्थसचिवमा छिरिङ लामाले जिम्मेवारी पाएका छन् ।

त्यसैगरी सचिवालय सदस्यहरुमा फुर्वा दोर्जे लामा, कर्मा तेन्जीङ लामा, रेशम योन्जन, सुमन राम माझी, सत्यमान तामाङ, विनोद गुरुङ, विशाल मोक्तान, मिङमार दिकी शेर्पा, साङगे शेर्पा, शुभसिङ तामाङ धनबहादुर तामाङ, वीर बहादुर तामाङ, सोनाम तामाङ, सुभास तामाङ र कृष्ण तामाङ चयन भएका छन् । यसैक्रममा सदस्यहरुमा फुर्वा दोर्जे लामा, विर्ख बहादुर तामाङ, पासाङ लामा, कर्मा लंगदोक लामा, दावा जाङबो शेर्पा, पुर्ण तामाङ, सूर्य बहादुर तामाङ, सुक बहादुर तामाङ, रामकाजी तामाङ, दावा तामाङ पाख्रिन, सत्यमान तामाङ स्याङतान, अस्मिता स्याङतान, कृष्ण लामा, अशोक पाख्रिन, सुमन तामाङ, काले शेर्पा र दुवाक सिङ तामाङ निर्वाचित भएका छन् ।

यसैगरी अधिवेशनमा एविश्चा लाबुङ तामाङको संयोकमा संघीय तामाङसालिङ महिला मञ्च गठन भएको छ । सदस्यहरुमा सुक डोल्मा लामा, सुधा मोक्तान, निर्मला तामाङ, कान्छी तामाङ, सम्झना तामाङ, रोजीना तामाङ, सुकमाया तामाङ, विमला तामाङ, ङिमा डोल्मा तामाङ, ठूलीमाया तामाङ, निशा लिम्बु रहेका छन् ।

कार्यक्रममा उपाध्यक्ष तथा माननीय प्रदेश १ का राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, संघीय अर्थसचिवद्वय विष्णु यक्सो, दिपा हाङस्रोङ लिम्बु लगायत नेताहरुले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा संघीय सदस्यहरु चन्द्र लावासा कन्दङवा, सुर्य आङबुहाङ, एविश्चा लाबुङ, लिम्बुवान उपत्यका अध्यक्ष मिक्तोक लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...