आजबाट लिम्बुवानको प्रान्तीय अधिवेशन सुरु

 लिम्बुवान न्युज
                       

धरान, विजयपुर २४ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्व संघीय लिम्बुवान मञ्च नेपालको प्रान्तीय अधिवेशन आजबाट लिम्बुवानको ऐतिहासिक स्थल विजयपुर धरानमा सुरु हुदैछ ।

धरान स्थित इजिराडर्स होटलको सभाहलमा सुरु हुने अधिवेशनको उद्घाटन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले गर्ने कार्यक्रम रहेको छ ।

लिम्बुवानको राजनीति मुद्दामा अडिग तथा सडक देखि सदन सम्म निरन्तर आन्दोलन उठाइ रहने आन्दोलनरत पार्टीको रूपमा स्थापित संघीय लिम्बुवान मन्च नेपाल लिम्बुवानी जनताको लोकप्रिय पार्टी पनि हो ।

२०६२ सालमा स्थापित यो पार्टीले स्थापना देखि नै संघीयता, लोकतान्त्रिक गणतन्त्र नेपाल, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी र पहिचानको मुद्दा दर्विलो तबर बाट उठाइरहेको छ । आज बाट ४ दिनसम्म संचालन हुने अधिवेशनले नया नेतृत्वको चयन गर्नेछ ।

७ सय प्रतिनिधि तथा पर्यवेक्षक उपस्थित रहने अधिवेशनमा सहमतिमा नया कार्य समिती चयन गर्ने भनिएता पनि आकांक्षी उम्मेदवारहरुको संख्या बढी रहेको हुनाले नयाँ समिति चयनमा निर्वाचन हुने सम्भावना बढी रहेको पार्टी संघीय महासचिव सुरेन्द्र निङलेकुले जानकारी दिनुभएको छ ।

अधिवेशनले ९९ जनाको प्रान्तीय नयाँ समिति चयन गर्नेछ ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...