संघीय दलित मुक्ति मञ्चमा शर्मिला निर्वाचित

 लिम्बुवान न्युज
                       

धरान, विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्व संघीय लिम्बुवान मञ्च नेपालको प्रान्तीय अधिवेशन आज लिम्बुवानको ऐतिहासिक स्थल विजयपुर धरानमा सम्पन्न भएकोछ ।

धरान स्थित इजिराइडर्स होटलको सभाहलमा सम्पन्न अधिवेशनले महिला नेत्री शर्मिला बागचन्दलाई नयाँ कार्य समितिको अध्यक्ष निर्वाचित गरेको छ । प्रथम प्रान्तीय अधिवेशनको उद्घाटन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन मिराकले गर्नुभएको थियो ।

देशभर बाट उपस्थित दलित सहभागीहरुलाइ सम्बोधन गर्दै कुमार लिङदेनले अब दलित मुक्तिको लागि दलित प्रान्त आवस्यक रहेको र दलित मुक्ति दलित समुदायको नेतृत्वमा मात्र सम्भव रहेको ठोकुवा गर्नु भयो ।

 

नेपालका सबै उत्पीडित उपेक्षित समुदाय एक भएर एकात्मक राज्य सत्ता बिरुद्व बिद्रोह गर्न आग्रह गर्नुभयो । अधिवेशन कार्यक्रमलाई मञ्चका बरिस्ठ उपाध्यक्ष ज्ञान ब. गुरुङ उपाध्यक्ष चन्द्र ब. खापुङ लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

संघीय दलित मुक्ति मञ्चको निवर्तमान अध्यक्ष रमेश गजमेरको अध्यक्षतामा रहेको पुरानो समितिलाई विघटन गर्दै शर्मिला बागचन्दको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षहरुमा बलराम सदा,साजन मोते, बिक्रम बराइली, केशव दुलाल वादी, रन ब. बि.क. महासचिव महेन्द्र बिद्रोही, महासचिव गणेश तिरुवा, महासचिव राजु परियार उपमहासचिव भोज ब. बिश्वकर्मा, खड्क बिश्वकर्मा, कृष्ण मण्डल सचिब दिनेस सिवा, अनिता परियार, सचिन मण्डल अर्थसचिव भोजराज बर्देवा, कविता सिनान लगायत ५१ सदस्यीय नया कार्यसमिति निर्वाचित हुनुभएको छ ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...