राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

 लिम्बुवान न्युज
                       

काठमाडौं, १ पुष । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । दल दर्ताको म्याद पुस १० गतेसम्म छ ।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ ।

पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

सोही दिन उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...