क्षतिग्रस्त खानेपानी योजनाको मुहान अनुगमन

 लिम्बुवान न्युज
                       

मिक्सेन मिभक

मिक्लाजुङ्, ११ पौष । मोरङको मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने लावाखोला खानेपानी योजनाको मुहान अनुगन भएको छ । गतबर्षको कार्तिक महिनाको बाढिले क्षतिग्रस्त बनाएको मुहानको उपभोक्ता समितिले अनुगमन गरेको हो ।

साबिक टाँडी गाबिसको वार्ड न. १ देखि ९ सम्मको उपभोक्ताहरुलाई खानेपानी सहज हुनेगरी शुरु गरिएको उत्त योजना पूरा हुन नपाउँदै पाईपलाई बाडीले क्षतिग्रस्त बनाएको हो । बाढीले लाखौंको क्षति पु¥याएको जनाइएको छ ।

किसान चौक, टाँडी रमिते निर्माणाधीन सडकखण्ड अन्तर्गत पर्ने ९५० मिटर सडक निर्माणको क्रममै क्षति पुर्याएको हो । पटक–पटक सम्बन्धित निकायलाई यस पाईपलाईनको क्षतिपूर्तिको माग गर्दा समेत अटेर गरेको लावाखोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष भगिरथ अर्यालले बताएका छन् ।

क्षतिग्रस्त पाईपलाईन, मुहानको पुनः मर्मतसम्भारलाई बिशेष जोडदिदै आईतवार गरिएको समितिको स्थलगत अनुगमनमा स्थानीय जनप्रतिनिधिहरुले असहयोग गरेको प्रति समितिले ध्यानाकर्षण जनाएको छ । समितिले योजनालाई द्रुतगतिमा अघि बडाउन आपसी छलफल गरी समितिलाई चलायमान बनाउन आगामी पौष १३ गते मंगलबार बृहत् बैठक आव्हान गरिएको लावाखोला खानेपानी उपभोक्ता अध्यक्ष अर्यालले बताएका छन् ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...