फोनिज सातौं महाधिवेशन चितवनमा हुने

 लिम्बुवान न्युज
                       

काठमाडौं, १६ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशन बागमती प्रदेशको चितवनमा सम्पन्न हुने भएको छ ।

यसअघि कार्तिक १० गते नुवाकोटको ककनीमा सम्पन्न संघीय समितिको बैठकले माघ ७ र ८ गते महाधिवेशनको मिति तोके पनि महाधिवेशनस्थल बारे भने टुङ्गो लगाएको थिएन ।

शुक्रबार बसेको फोनिज संघीय सचिवालयको बैठकले महाधिवेशनस्थल चितवन सौराहा हुने निर्णय गरेको अध्यक्ष डण्ड गुरुङले जानकारी दिएका छन् ।

बैठकले पुष २१ गतेभित्र बाँकी रहेका जिल्ला शाखाहरुको अधिवेशन अनिवार्य गरिसक्नुपर्ने समेत निर्णय गरेको हो । फोनिजका ९० प्रतिशत संख्यामा जिल्ला शाखामा अधिवेशन सम्पन्न भइसेको र बाँकी जिल्लाहरु रहेको फोनिज संघीय समितिले जनाएको छ ।

ककनी बैठकले फोनिज प्रादेशिक समितिहरुको महाधिवेशनका लागि भने एकै दिन पुष २४ गतेको मिति तय गरेको छ । हालसम्म ५१ वटा जिल्लाहरुमा अधिवेशन सम्पन्न भईसकेको फोनिजले जनाएको छ ।

सातौं संघीय महाधिवेशनमा सात प्रादेशिक समिति, ५८ बढी जिल्ला शाखा र ७ बढी विदेश शाखाका ४२५ बढी प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने छन् ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...