आत्मानन्द कपको उपाधि छथर तेह्रथुमले उचाल्याे

 लिम्बुवान न्युज
                       

दमक, झापा । इलामको माङसेबुङमा सम्पन्न भएको आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले उचालेको छ ।

माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाईनल खेलमा तिजोग फुटबल क्लव पान्थरलाइ २–० गोल अन्तरले पराजित गर्दै छथर तेह्रथुमले उपाधि कव्जा गरेको हो ।

छथर तेह्रथुमको जितमा कप्तान महेन्द्र कार्की र मिलन लिम्बूले एक एक गोल गरे ।

खेलको पहिलो हाफको छैटौं मिनेटमा तेह्रथुमका कप्तान कार्कीले हेड मार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको १९ औं मिनेटमा लिम्बूले गोल गर्दै २–० को जित दिलाए ।

आज भएको फाईनल खेलको म्यान अफ दि म्याच तेह्रथुमका कप्तान महेन्द्र कार्की घोषित भए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप १५ औं संस्करणमा नेपाल र भारतका आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको थियो ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कार वितरण भने भोलि आईतबार मुल समारोह कार्यक्रमबाट प्रदान गरिने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मन कुमार आङबुहाङले बताए ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु समेत आइतबार बिहान आयोजना हुने अध्यक्ष आङबुहाङले बताए ।

 

यसैगरि फाईनल खेल अघि धार्मिक, शैक्षिक संघसंस्था र राजनितिक, जनप्रतिनिधिबिच भएको मैत्रीपुर्ण खेलमा धार्मिक, शैक्षिक संघसंस्थाले १–० गोल अन्तरले जित हासिल गरेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...