विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान हुन् : उपराष्ट्रपति पुन

 लिम्बुवान न्युज
                       

इलाम : उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान रहेको बताएका छ ।

इलामको माङसेबुङ गाउँपालिका ५ स्थित माङसेबुङमा आयोजित किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले त्यस्तो बताएका हुन् ।

उपराष्ट्रपति पुनले नेपालमा रहेको विविधता भित्रको एकताले मौलिक पहिचानलाई कायम गरेको दावी गरे । ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक हो’ उपराष्ट्रपति पुनले भने, ‘यस्ता विविधताबीचको एकता नै नेपाल र नेपालीहरुको मौलिक पहिचान हो ।’

धर्मगुरु लिङदेनले किरात धर्ममार्फत् आत्मनिर्भरताका लागि कृषिको विकास, आत्मिक शान्तिका लागि अध्यात्म, स्वस्थ शरीरका लागि साकाहारी जीवनशैलीजस्ता विचारले मानवजातिलाई नयाँ सन्देश दिइरहेको बताउँदै उपराष्ट्रपति पुनले धर्मगुरु लिङदेनको विश्वशान्ति र मानव एकताको उपदेश विश्वमा उदाहरणीय रहेको उल्लेख गरे ।

उपराष्ट्रपति पुनले नेपालका सबै जातजाति, भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र विकासका लागि राज्यले समान दृष्टिले हेर्नपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले सबै क्षेत्रको समानुपातिक विकासका लागि नेपाल सरकार र प्रदेश सरकालाई ध्यानाकर्षण समेत गराए ।

उपराष्ट्रपति पुनले धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभई सिंगो नेपालीको उत्कृष्ट सम्पदा रहेको समेत दावी गरे । उनले सदियौंदेखि मानव सभ्यता चिनाउने मुन्धुम र किरात धर्म-संस्कृतिमा गौरव गर्न सबैमा आग्रह समेत गरेका थिए ।

उपराष्ट्रपति पुनले ५ वर्ष पहिले नै आफूलाई गुरुबाट निमन्त्रणा आएको स्मरण गर्दै यसवर्ष आउने अवसर पाएको भन्दै धर्मगुरु लिङदेनलाई धन्यवाद दिए । उपराष्ट्रपति पुनले वर्तमान धर्मगुरु लिङदेनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अधुरो र अपुरो कामलाई निरन्तरता दिएको भन्दै प्रशंसा समेत गरे ।

उपराष्ट्रपति पुनले भालुटारमा निर्माण गरिएको धर्मगुरु लिङदेनको प्रतिमाको समेत अनावरण गरे । धर्मगुरु लिङदेनको जीवित अवस्थामा नै पहिलोपटक प्रतिमा स्थापना गरिएको छ ।

उपराष्ट्रपति पनु पहिलोपटक माङसेबुङ आएका हुन् ।

कार्यक्रममा पूर्व संविधानसधा अध्यक्ष सुवासचन्द्र नेम्बाङले धर्मगुरुको आशिर्वादकै कारण आफुले यसपटक पनि निर्वाचन जितेको बताउँदै निर्वाचनका क्रममा जनतामाझ राखेका बाचाहरु पूरा गर्ने प्रतिवद्धता जनाए ।

धर्मगुरू लिङ्देनकाे ६९अाैं जन्माेत्सव कार्यक्रममा फूटबल, डाेरी तान्ने, पःलुङ लगायत विभिन्न खेलकुद र विविध सांस्कृतिक कार्यक्रम गरि मनाइदैछ ।  कार्यक्रम एक हप्तासम्म संचालन हुने जनाइएकाे छ ।

सम्बन्धित समाचार

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

;