किरातीहरुले उधौली पर्व मनाउँदै

,   लिम्बुवान न्युज
                       


दमक, २२ मंसिर । किरात जातीहरुले आज देखि उधौली पर्व मनाउँन शुरु गर्दैछन् । राई, लिम्बु, याक्खा र सुनुवार चार जातिहरुले यो पर्वलाई विशेष पर्वको रुपमा मनाउने गर्दछन् ।
नेपाल सरकारले आजको दिन राष्ट्रिय चार्डको रुपमा सार्वजनिक दिएको छ । प्रकृति पुजक किरातीहरुले यो पर्वलाई अन्नबाली भित्राउने पर्वको रुपमा मान्ने प्रचलन छ । किरातीहरुले फलेको अन्नबाली भित्राउन अघि न्वागी पूजा गर्ने परम्परा रहेको छ ।
आज देशविदेशमा रहेका किराती समुदायले विशेष महत्वका साथ यो पर्व मनाइरहेका छन् । राई जातीहरुले उधौली पर्व, लिम्बु जातीहरुले चासोक, याक्खाहरुले चसुवा र सुनुवारहरुले फोलस्याँदर नामले यो पर्व मनाउछन् । त्यसैगरी रिजेल, सुरेल, हायु र धिमाल लगायत जातीहरुल्े पनि यो पर्वलाई उधौली पर्वको रुपमा माउने गरेका छन् ।
किरात समुदायले आफूले उब्जाएका अन्नबालीहरु पाक्नु अघि प्रकृति अथवा आफुनो कुलपितृलाई चढाएर मात्रै खाने चलन परापूर्वकाल देखि चलिआएको रितिथिति मान्छन् । यो नगरिए प्रकृतिले सराप दिन्छ भन्ने किंवदन्तीहरु पनि छन् । यसो गनगरिएमा रोगव्याथी लाग्छ भनिन्छ ।
मंसिरे पूर्णिमा ध्यान्यपूर्णिमा अथवा यमरिपुन्हिको दिन देखि शुरु भएर यो पर्व १५ दिनसम्म मनाउने चलन रहेको छ । यस कार्यक्रमको अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलहरुमा मेला महोत्सव लाग्ने गरेको छ भने राईहरुले साकेला सिल्ली (चण्डी नाच), लिम्बुहरुले केलाङ् (च्याब्रुङ), सुनुवार र याक्खाहरुले पनि आफ्नो परम्परागत नृत्य संस्कृतिहरु सहित आफ्नो भाषा संस्कृति अनुसार पितृ पूर्खाहरुलाई पुकारेर यो पर्व मनाउने चलन रहेको छ ।
यो उधौली पर्वसँगै चिसो बढ्ने हुँदा चरा, माछा लगायत जिवजन्तु, जलचरहरु न्यानो खोज्दै ओरालो बेसी झर्ने जनविश्वास रहेको छ । पुनः वैशाखे पूर्णिमादेखि उभौली याम शुरु हुँदा गर्मीसँगै फेरि शिलतल खोज्दै लेकतिर उक्लिने जनविश्वास रहेको छ ।
यो पर्वको अवसरमा किरात याक्थुङ चुम्लुङ् लगायत अन्य जाती संघ संस्थाहरु विविध सांस्कृतिक कार्यक्रम गरि विभिन्न स्थानहरुमा र विदेशमा पनि कार्यक्रम भइरहेको छ ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;