दमकमा चासाेक तङ्नाम भव्य रूपले सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, २२ मंसिर/ किरात याक्थुङ लिम्बूहरुको महान चाड चासोत् तङ्नाम ५०८४ को अवसरमा विभिन्न कार्यक्रम सहित आज सम्पन्न भएको छ ।

विहिवार झापाको दमक ७ स्थित किरात भवनमा किरात याक्थुङ् चुम्लुङ् दमक नगर समितिको आयोजनामा चासोत तङ्नाम ५०८४ तथा तेअङ्सी सिरिजङगा सिं थेबेको ३१८औं जन्म जयन्ती कार्यक्रम कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओतीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।


कार्यक्रममा कियाचु लिम्बुवान प्रदेश समिति सदस्य कविन्द्र सेर्मा पापोहाङ लिम्बू, कियाचु दमक १ वडा अध्यक्ष उदयीमान तुम्रोक लगायत दमकवासी बुद्धिजीवी लिम्बूहरुको वाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम कियाचु दमक नगर समिति अध्यक्ष देवेन्द्र चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य कियाचु दमक नगर सहसचिव सुक बहादुर सोदेम्बाले राखेका थिए भने संचालन सचिव चन्द्र कन्दङ्वाले गरेका थिए ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...