सिरिजङ्गा गोल्डकपको उपाधि सुनाकोटी सिटी फूटबल क्लबलाई

 लिम्बुवान न्युज
                       


ताप्लेजुङ्, १ पुष । तेअङ्सी सिरिजङगासिंह थेबेको ३१८ औ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सम्पन्न सिरिजङ्गा गोल्डकपको उपाधि काठमाडौंको सुनाकोटी सिटी फुटबल क्लवले जितेको छ । न्यू स्टार क्लब झापालाई १–० गोल अन्तरले पराजित गर्दै सुनाकोटीले उपाधि जितेको हो ।

सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित तेल्लोक माविको खेलमैदानमा सम्पन्न फाइनल खेलको ७८औं मिनटमा शिशिर लेखीले गरेको एक मात्र गोल सुनाकोटीलाई उपाधि जिताउन निर्णायक बन्यो । लेखी नै फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत १ हजार र ट्रफी हात पारे । उपाधिसंगै सुनाकोटीले १ लाख ५१ हजार रुपैंया सहित कप, मेडल र प्रमाणपत्र पाएको छ ।

उपविजेता न्यू स्टारले नगद ८१ हजार रुपैंया प्राप्त ग¥यो। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी न्यू स्टारका सानुका साम्बा घोषित भए । उनले ट्रफीसहित नगद ३ हजार हात पारे । अन्य उत्कृष्ट बनेका सबैले जनही नगद २ हजार हजार रुपैंया सहित ट्रफी प्राप्त गरेको आयोजक तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।

त्यस्तै व्यक्तिगत विधातर्फ सुनाकोटीका समिर लिम्बू उत्कृष्ट गोलरक्षक बन्दा उत्कृष्ट डिफेन्डर पनि सुनाकोटी कै अनुशरण राई घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार चाँहि ताप्लेजुङको खेवाङ स्र्पोटिङ क्लवका आयुष श्रेष्ठले हात पारे । तेल्लोक स्र्पोटिङ क्लब र तेअङ्सी सिरिजङ्गा स्मृति संस्था, ताप्लेजुङको संयुक्त आयोजनामा मंसिर २५ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

बिजयी क्लव तथा सर्बोत्कृष्ट, उत्कृष्ट र बिधागततर्फ अब्बल देखिएका खेलाडीलाई कार्यक्रमका प्रमुख अथिति प्रतिनिधिसभाका सांसद तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले नगद पुरस्कार, कप, ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका छन् । सिरिजंगासिंह थेबेलाई किराँत लिम्बू लिपिका प्रचारक, सिरिजंगा लिपि र याक्थुङ संस्कृतिका प्रणेता, जातिय अस्थित्वका रक्षक, ज्ञानका पुञ्ज एवम् प्रकाण्ड बिद्धान मानिन्छ । सिरिजङ्गा गाउँपालिका त्ये अङ्सी सिरिजंगासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ । (नागरिक न्यूजबाट)

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...