बिवाईएससी मिन्नेसोटा अमेरिका र सह्लेश युवा क्लव सिरहा फाइनलमा भिड्ने

 लिम्बुवान न्युज
                       

t

तस्वीरः गाेल नेपाल डटकमबाट साभार

दमक, १२ पुष । दमक ३ बेलडाँगीमा जारी प्रथम आमन्त्रित जय हुमागाई स्मृति गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । भोलि बुधबार दिउँसो १ बजे देखि फाइनल खेल शुरु हुने आयोजकले जनाएको छ ।

बिवाईएससी मिन्नेसोटा अमेरिकाले सेमिफाइनलमा शान्तिनगर फूटबल क्लब सुनसरीलाई ५–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै फाइनल प्रवेश गरेको हो ।

फराकिलो जित दर्ज गर्न बिवाइएससीका जर्सी नम्बर ३० रेनेसन्तिल्लनले पहिलो हाफमै २ गोल गरेका थिए । उनी खेलको मेन अफ दी म्याच बने ।

त्यस्तै खेलको दोस्रो हाफमा जर्सी नम्बर ३० सुदिप तामाङ, जर्सी नम्बर ७ हेक्टर ओर्टेगार र जर्सी नम्बर १५ का अनुज भट्टराईले क्रमशः १/१ गोल थपेका थिए ।

यसैगरी सह्लेश युवा क्लब सिरहाले पहिलो सेमीफाइनलमा एभनिर फुटबल क्लब क्यामरुनलाई पराजित गरि फाइनलमा पुगेको थियो ।

प्रतियोगिताका विजेताले नगद ५ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ३ लाखसहित पुरस्कार प्राप्त गर्ने छन् ।

यसरी नै उत्कृष्ट खेलाडी, अधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले समान २५ हजारकादरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पुष ६ गतेबाट सुरु प्रतियोगितामा देश तथा विदेशका गरी ८ टीम सहभागी थिए ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...