जसपा संसदीय दलको चुनाव आज हुँदै

,   लिम्बुवान न्युज
                       

काठमाडौं, १३ पुष । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेता चयन आज हुने भएको छ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर २ः३० बजेदेखि ३ः३० बजेसम्म मतदान हुने जनाइएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव गत मंसिर ४ को निर्वाचनमा पराजित भए भने संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट सांसदमा निर्वाचित भएका छन् ।

यद्यपि संसदीय दलको नेता को चयन हुन्छ भन्ने टुंगो नभएपछि लोकतान्त्रिक पद्दतीबाट दलको नेता चयन गर्ने सो पार्टीका नेताहरुले बताएका छन् । दलको नेताको रुपमा राईसँगै राजकिशोर यादवले पनि दाबी गरेको जसपा नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभामा जसपाका १२ जना सांसद निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;