बीवाईएससी मेन्नेसोटालाइ जय हुँमागाई गोल्डकप फुटबलको उपाधि

,   लिम्बुवान न्युज
                       

दमक, १४ पुष । प्रथम आमन्तृत जय हुँमागाई गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बीवाईएससी मेन्नेसोटाले हात पारेको छ ।

प्रतियोगिताको फाइनलमा सह्लेश युवा क्लब सिरहालाई १–० गोलले पाखालगाउँदै बीवाईएससी मिन्नेसोटाले  प्रतियोगिताको उपाधिसहित नगद ५ लाख,  ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।

उपविजेता सह्लेशले नगद ३ लाख सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । बिवाईएससीलाई जित दिलाउन थोमस साकोरको पासमा जर्सी नम्बर ४ कामिगुल फलोफक्सले निर्णायक गोल गरे । उनी  खेलको मेन अफ दी म्याच भए ।

सह्लेश सिरहाका क्याप्टेन जर्सी नम्बर ३ का सुशिल यादवले खेलको ७५ औंमिनेटमा रेड कार्ड पाएर मैदान छाडे भने सो भन्दा अघि विपक्षी टीमकाखेलाडीलाई पानीको बोतल प्रहार गरेका सह्लेशका कोच राजिव यादवलाई रेफ्रीश्याम दनुवारले पहेँलो कार्ड दिएका थिए ।

खेल अवधिभर दुवै टीमका खेलाडीबीच पटक पटक ठेलाठेल भयो भने रेफ्रीदनुवारले पनि दुवै टीमका खेलाडीलाई प्रसस्तै चेतावनी दिए र अटेर गर्नेलाई कार्डदेखाए ।

प्रतियोगिताकै बेस्ट गोलकिपर उपाधि पाएका बिवाइएससीका गोलकिपर पुजनथापामगरले समेत खेलमा अनावश्यक समय खेर फालेको अभियोगमा पहेँलोकार्ड खाए ।

प्रतियोगिताको बेस्ट डिफेन्स उपविजेता टिमका पिटर सेगुन भए ।अघिल्लोखेलमा कार्ड खाएका उनी बुधबारको फाइनल खेलमा कम आक्रमक देखिन्थे ।

त्यस्तै बेस्ट मिड फिल्डर पनि सह्लेशकै आशालाल चौधरी भए ।

प्रतियोगिताको बेस्ट फर्वार्ड विजेता टीमका थोमस साकोर भए भने बेस्ट कोच पनिविजेता टीमकै कोच प्रदिप हुँमागाई भए ।

राइजिङ प्लेयर भने बिवाईसी बेलडाँगीका दावा तामाङ भए भने प्रतियोगिताभरहाई स्कोरर विजेता टीमकै रेनी सान्टिलन भए ।

बेस्ट प्लेयर अफ थे टुर्नामेन्ट विजेता टीमका हेक्टर ओर्टेगा भए । उनले नगद २५हजार सहित ट्रफी पाए । अन्य उत्कृष्ट विधाका खेलाडीलाई नगद ७ हजार सहितट्रफी प्रदान गरिएको थियो ।

प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य होमबहादुर थापा, नेकपा माओवादी केन्द्रकाप्रदेश नेता गगन पुरी,  भुटानी शरणार्थी शिविर बेलडाँगीका सचिव टिबी राई,  पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राई, दमक वडा नम्बर ३ का वडाअध्यक्ष नवीन बराल, वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटालगायतलेविभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार सहित ट्रफी प्रदान गरेकाथिए ।

प्रतियोगिता आयोजक जय हुँमागाई मेमोरियल ट्रस्टका अध्यक्ष शिव हुँमागाईलेप्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख खर्च भएको जानकारी दिए ।

नेपाल बाहिरका बीवाईएससी मिन्नेसोटा अमेरिका, एभनिर फुटबल क्लबक्यामरुन, युके फुटबल क्लब दार्जिलिङ प्रतियोगितामा सहभागी थिए ।

त्यस्तै,  नेपालभित्रका सह्लेश युवा क्लब सिरहा, शान्तिनगर फुटबल क्लबसुनसरी,  बीवाईसी बेलडाँगी (घरेलु टीम), बिर्तामोड युनाइटेड झापा र पथरीशनिश्चरे शिविरको टीम गरि ८ टीमले प्रतियोगितामा सहभागिता जनाएका थिए।

जय हुँमागाई स्मृति खेल मैदान नामाकरण

समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य होमबहादुर थापाले खेलकुद क्षेत्रकोविकासलाई प्राथमिकतामा राखेर तीनै तहको सरकारले कार्यक्रम बनाउनुपर्नेमाजोड दिए ।

माओवादी केन्द्रका नेता गगन पुरीले खेल मैदानको स्तरोन्नतिलगायत बेलडाँगीशिविरभित्रै भुटानी शरणार्थी संग्रहालय निर्माणको बृहत् परियोजना सम्पन्न गरिनेदावी गरे ।

शिविर सचिव टिबी राईले दाताले निर्माण गरिदिएको खेलमैदान फराकिलोबनाउन र संरक्षित गर्न नेपाल सरकारलगायत प्रदेश र स्थानीय सरकारको सहयोगआवश्यक भएको जिकिर गरे । उनले भने -‘संसारभरका शरणार्थीहरुलेखेलकुदको अधिकर पाएका छन्, मलाई लाग्छ उनीहरुले एउटा फराकिलो खेलमैदान पनि पाउने छन् ।‘

बिगतमा बेलडाँगी २ स्थित शरणार्थीका लागि उपयोग गरिँदैआएको खेल मैदानमासेर पोखरी खनिएको थियो ।

प्रतियोगिता आयोजना गर्न र स्थायी भौतिक संरचनाका रूपमा स्वर्गीय जयहुँमागाईको परिवारले करिब ३० लाख रूपैयाँ निजी खर्चमा खेलमैदान तयारगरिदिएको सचिव राईले जानकारी दिए ।

उनले सो खेल मैदानको नाम ‘जय हुँमागाई स्मृति खेल मैदान‘ प्रस्ताव गरे भने खेलहेर्न सयौंको संख्यामा आएका  शरणार्थी र अन्यले ताली बजाएर समर्थन गरेकाथिए ।

हंसे दुम्से सामुदायिक वन हाताभित्र नवनिर्मित खेल मैदानको पूर्वतिर ३ वटासखुवाका अग्ला रूखहरु छन् ।

ती रूख व्यवस्थापन हुन नसक्दा हाल ९–९ जना खेलाडी मात्रै मैदानमा फुटबलखेल्न सक्छन् ।

नेपाल सरकारले रूख व्यवस्थापन गरिदिए आफूले ११ साइड खेल्न मिल्ने गरीखेल मैदानको पून: निर्माण गरिदिने दाता शिव हुँमागाईले प्रतिवद्धता व्यक्त गरेकाछन् ।

शिविर व्यवस्थापन समितिका तर्फबाट खेल मैदान निर्माणकर्ता शिव हुँमागाई रउनको परिवारलाई ताम्रापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रदेश सभा सदस्य थापाले हुँमागाईलाई ताम्रापत्र प्रदान गरे ।

प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघसंस्था, सुरक्षा निकाय, व्यक्तिलगायतलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतियोगिताकै दौरान मंगलबार शिविर व्यवस्थापन समिति र सन्चारकर्मीबीचआपसी सम्बन्ध र सद्भाव विकास गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल म्याच खेलाइएकोथियो ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;