किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा सार्वजनिक विदा

 लिम्बुवान न्युज
                       


दमक, १६ मंसिर । किरात धर्मका वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ ।

धर्मगुरु लिङ्देनको ७०औँ जन्मोत्सवमा मंसिर १८ गते सोमबारका दिन स्थानीय सरकारले विदा घोषणा गरेको हो ।

गाउँपालिकाभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी र गैरसरकारी संस्थाहरु र बैंक तथा वित्तीय क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जारी गरेको सूचनामा उल्लेख छ ।

अघिल्लो वर्षहरुमा समेत स्थानीय सरकार गठन भए यता गुरु लिङ्देनको जन्मोत्सवमा सार्वजनिक बिदा हुँदै आएको पालिका स्रोतले जानकारी दिएको छ ।

माङसेबुङ गाउँपालिका किरात धर्मावलम्बीहरुको बाहुल्यता रहेको पालिका मात्रै नभएर वर्तमान गुरु आत्मनन्द लिङ्देनको जन्मस्थल र गुरु निजी आश्रमसमेत रहेको पालिका हो । माङसेबुङ ५ को गुरुआश्रम लगायत क्षेत्रलाई धुम्रपान, मध्यपान, मासुमंस र जुवातास निधेषित गरि शुद्ध साकाहारी क्षेत्रका रूपमा कायम गरिएको छ ।

माङ्सेबुङ विश्वभरका किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र र महत्वपूर्ण तीर्थाटनको रूपमा विकास भइरहेको पालिका पनि हो । गुरु लिङ्देनको जन्मोत्सवमा माङसेबुङ लगायत देश विदेशका विभिन्न स्थानहरुमा किरात धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले धार्मिकलगायत अन्य विविध कार्यक्रमहरु गरेर मनाउँदै आइरहेको छ ।
गुरु जन्मोत्सवमा माङसेबुङ्मा फूटबल, भलिबल लगायत विविध खेलहरुको समेत आयोजना गर्ने गरिएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...