किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा सार्वजनिक विदा

 लिम्बुवान न्युज
                       


दमक, १६ मंसिर । किरात धर्मका वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ ।

धर्मगुरु लिङ्देनको ७०औँ जन्मोत्सवमा मंसिर १८ गते सोमबारका दिन स्थानीय सरकारले विदा घोषणा गरेको हो ।

गाउँपालिकाभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी र गैरसरकारी संस्थाहरु र बैंक तथा वित्तीय क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जारी गरेको सूचनामा उल्लेख छ ।

अघिल्लो वर्षहरुमा समेत स्थानीय सरकार गठन भए यता गुरु लिङ्देनको जन्मोत्सवमा सार्वजनिक बिदा हुँदै आएको पालिका स्रोतले जानकारी दिएको छ ।

माङसेबुङ गाउँपालिका किरात धर्मावलम्बीहरुको बाहुल्यता रहेको पालिका मात्रै नभएर वर्तमान गुरु आत्मनन्द लिङ्देनको जन्मस्थल र गुरु निजी आश्रमसमेत रहेको पालिका हो । माङसेबुङ ५ को गुरुआश्रम लगायत क्षेत्रलाई धुम्रपान, मध्यपान, मासुमंस र जुवातास निधेषित गरि शुद्ध साकाहारी क्षेत्रका रूपमा कायम गरिएको छ ।

माङ्सेबुङ विश्वभरका किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र र महत्वपूर्ण तीर्थाटनको रूपमा विकास भइरहेको पालिका पनि हो । गुरु लिङ्देनको जन्मोत्सवमा माङसेबुङ लगायत देश विदेशका विभिन्न स्थानहरुमा किरात धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले धार्मिकलगायत अन्य विविध कार्यक्रमहरु गरेर मनाउँदै आइरहेको छ ।
गुरु जन्मोत्सवमा माङसेबुङ्मा फूटबल, भलिबल लगायत विविध खेलहरुको समेत आयोजना गर्ने गरिएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;