
ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको छ ।
तेस्रो कार्याकालको लागि पुनः चन्द्र गजमेर अध्यक्षमा चयन भएका छन् । नौ सदस्यीय समितिको उपाध्यक्षमा देवेन्द्र प्रसाद संग्रौला, सचिव ज्ञानेन्द्र राई, सह–सचिव शुभाष राई र कोषाध्यक्षमा लेखनाथ सेडाई निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा पुकारराज राई, कृष्ण प्रसाद आचार्य, प्रेम कुमार आङदेम्बे र ज्ञानु फियाक निर्वाचित भएका छन् भने लेखा समिति संयोजकमा खगेन्द्र दुलाल, सदस्यहरुमा निरानन्द घिमीरे र नविन सेढाई निर्वाचित भएका छन् ।
झापा जिल्ला सहकारी संघको अध्यक्ष प्रेम कुमार कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा चन्द्र दर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रण बहादुर बराईलीको समेत उपस्थिति रहेको थियो ।