मुसाहाङ् बंशको तेस्रो ताप्लेजुङ् जिल्ला अधिबेशन सम्पन्न

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। मुसाहाङ बंश उत्थान प्रतिष्ठान ताप्लेजुङको शाखा समितिको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष विष्णुराज मुसाहाङ् लिम्बुको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

ताप्लेजुङको मैवाखोला–२ माङजारामा सम्पन्न अधिबेशनले कुल बहादुर मुसाहाङको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सरु मुसाहाङ, सचिवमा चरण मुसाहाङ, सह–सचिवमा बाल सिं मुसाहाङ र कोषाध्यक्षमा राज मुसाहाङ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा आइत ब. मुसाहाङ र संगीता मुसाहाङ चयन भएका छन् ।

उक्त अधिबेशनमा प्रतिष्ठानका केन्द्रीय महासचिव डिल्लीश्वर मुसाहाङ अम्याङसा, केन्द्रीय सदस्य भिम बहादुर मुसाहाङ, केन्द्रीय सल्लाहकार चन्द्रपाल मुसाहाङ, काठमाडौं उपत्यकाका उपाध्यक्ष आइत बहादुर मुसाहाङ त्यसैगरी चरण मुसाहाङ, सन्च बहादुर मुसाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शाखा अधिवेशन कार्यक्रम प्रतिष्ठानका ताप्लेजङ् अध्यक्ष कुल बहादुर मुसाहाङको अध्यक्षतामा भएको थियो भने जिल्ला उपाध्यक्ष चन्द्रकला मुसाहाङले स्वागत मन्तव्य र सचिब बाल सिं मुसाहाङले संचालनमा सम्पन्न भएको प्रतिष्ठानका महासचिव तथा संचारकर्मी अम्याङ्सा जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...