सुनसरीको झुम्का र धरानमा लिम्बुवानको १ दिने प्रशिक्षण

 लिम्बुवान न्युज
                       

  • बालकुमार ताम्ली

धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चको अगुवाईमा सुनसरीको झुम्कामा १ दिने राजनीतिक प्रशिक्षण भएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकद्वारा दलित तथा मुश्लिम नेता कार्यकर्ताहरुहरुलाई मञ्चले हालै प्रकाशन गरेको राजनीतिक एजेण्डा पुस्तकको समिक्षा गर्दै मञ्च र पहिचान राजनीति बारे प्रशिक्षण गराउनु भएको हो ।

वर्तमान सरकारको असंवैधानिक कदमले देशमा भईरहेको असहज परिस्थितिमा मञ्चले मेचीकाली अभियान शुरु गरेको बताउनु हुँदै अध्यक्ष लिङ्देनले १५ दिने मधेश, थरुहट, खसान यात्रा पश्चात दोस्रो चरणको लिम्बुवान यात्रा शुरु भएको बताए ।
आज आयोजित कार्यक्रममा दलित नेताहरुको बाक्लो उपस्थितिरहेको थियो भने मुश्लिम समुदायका अगुवा नेताहरु समेत सहभागी भएका थिए । मञ्चले १०+१ प्रान्तीय अवधारणा अनुसार कार्यक्रमहरु अगाडि बढाएको जनाएको छ ।

त्यसैगरी मञ्चका अध्यक्ष लिङ्देनद्वारा मंगलबार धरानको हिमाली सामुदायिक भवनमा सुनसरी जिल्लाका संघीय लिम्बुवान मञ्चका केन्द्रीय नेता, जिल्ला र लिम्बुवान भोलेन्टियर्सका कमाण्डरहरुलाई राजनीतिक प्रशिक्षण दिनुभएको मञ्चका जिल्ला इन्चार्ज भुपेन्द्र सुन्दर लावतीले बताए ।

मञ्चको ४ बर्षे राजनीतिक योजना अनुरुप मेचीकाली अभियानसँगै नेताहरुमा पुनः लिम्बुवान अन्तर्गतका ९ जिल्लाहरुमा प्रशिक्षण साथै आन्तरिक कार्ययोजना बारे कार्यक्रम शुरु गरिएको हो ।

आगामी चुनावमा जनताको घरघरमा दाप सहितको खुकुरी चुनाव चिन्ह पु¥याउन समेत मञ्चले सिसिओ अभियान अन्तर्गत घरदैलो कार्यक्रम समेत शुरु भएको जनाएकाे छ ।

कार्यक्रममा मञ्चका उपाध्यक्षहरु चन्द्र खापुङ्, भूपु डिएसपी कृष्णमान थेवे, अम्बर बहादुर पन्धाक, महासचिव शान्ता योङ्हाङ, संघीय अर्थ संयोजक विष्णु यक्सो लगायतका शिर्ष नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...