दमक गाेल्डकप चैत्र ९ देखि हुने

 लिम्बुवान न्युज
                       

दमक,१ चैत । दमकमा यहि चैत ७ गतेदेखि मोफलसलकै सर्वाधिक पुरस्कार राशी भएको दमक गोल्डकप–२०७८ को दोस्रो संस्करण हुने भएको छ । दमक नगरपालिका खेलकुद विकास समिति मुख्य आयोजक रहेको गोल्डकप यहि चैत ९ –१८ गतेसम्म सञ्चालन हुने भएको हो ।

आयोजकले आज दमकमा पत्रकार सम्मेलन गरि गोल्डकप तयारी अन्तिम चरणमा पुगेको खेलकुद बिकास समितिका अध्यक्ष भीमराज केसीले बताए ।

उनका अनुसार गोल्डकपका विजेताले रु १३ लाख ११ हजार र उपविजेताले रु ६ लाख ११ हजार,ट्रफी प्राप्त गर्ने छन् भने विभिन्न विधागत विजेता तथा उत्कृष्ट खेलाडीलाई जनही रु २१ हजार माथिको पुरस्कारको व्यवस्था समेत गरिएको छ ।गोल्डकपमा भारत , अफ्रिकासहित राष्ट्रिय स्तरका विभिन्न १० वटा क्लवहरुको सहभागिता रहने छ ।

दमक –३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गशालामा हुने उक्त गोल्डकप सम्पन्न गर्नका लागि रु १ करोड २३ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । यस मध्येबाट रु २५ लाख रुपैँया दमक नगरपालिकाले व्यहोर्ने र बाँकी रकम प्रायोजक, सह –प्रायोजक र गेट टिकट बिक्रीबाट संकलन गर्ने लक्ष्य राखिएको अध्यक्ष केसीले बताए । यसअघि २०७५ सालमा सम्पन्न प्रथम दमक गोल्डकपबाट मात्र आयोजकले रु २३ लाख ७८ हजार रुपैँया बचत गर्न सफल भएको जनाईएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...