दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १ चैत्र । झापामा छुट्टाछुट्टै दुर्घटना सडक दुर्घना हुँदा २ जनाको ज्यान गएको छ । झापाको दमक र कमल गाउँपालिकामा छुट्टाछुट्टै सडक दुर्घटनाबाट २ को मृत्यु भएको हो ।
झापाको दमक नगरपालिका–२ बेलडाँगि स्थित दमक–रवि सडकखण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम चुलाचुली–५ का ३२ बर्षीय मिथुन तामाङ भन्ने पेम्बा दोर्जे रहेका छन् ।
को.२ त ९१२६ नम्बरको ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरले किचि निजको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।
यसरी नै झापाको कमल गाउँपालिका–५ सितापुरी स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम सुर्योदय नगरपालिका–१ का ३९ बर्षीय कमल राई रहेका छन् । हिजो बेलुका साँढे सात बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु.१ ख ८८३६ नम्बरको बसले ठक्कर दिदा घाईते भएका राईको उपचारको लागि दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
बस र चालक रुपन्देही बुटवलका ५२ बर्षीय पुर्ण बहादुर पौडेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...