दमकमा ‘गोल्डअवार्ड बेकरी’ आजबाट संचालन

 लिम्बुवान न्युज
                       

दमक,२ चैत । दमक– ६ स्थित देवकोटा चौकमा बुधबारदेखि ‘गोल्डअवार्ड बेकरी हाउस’ सञ्चालनमा आएको छ । बेकरीमा अन्तराष्ट्रिय ख्याति प्राप्त कमाएका दक्ष तीन जना युवाहरुले मिलेर आफनै ठाँउमा व्यवसायिक बेकरी हाउस सञ्चालनमा ल्याएका हुन् ।

आधुनिक तथा पारिवारिक वातावरणसहितको उक्त गोल्ड अवार्ड बेकरी हाउसको दमक- ६ का वडाध्यक्ष टेकबहादुर थापाले उद्घाटन गरे । उद्घाटनका क्रममा वडाध्यक्ष थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतले व्यवसायिक सफलताको शुभकामना राखेका थिए ।

बेकरीमा अन्तराष्ट्रिय ख्याति प्राप्त गोल्डमेडलिष्ट भईसकेका इन्द्रकुमार खापुङ, ज्ञान बहादुर योङया र दिपेश नेम्बाङले उक्त बेकरी हाउस सञ्चालनमा ल्याएका हुन् । खापुङ बेकरीमा मलेशिया,माल्दिभम्स लगायतका देशमा विभिन्न अवार्ड जितिसकेका युवा उद्यमी हुन् । उनले पछिल्ला समय नेपालीको रोजाई बन्दै गएकाले विदेशकै स्तरीय बेकरी उपलव्ध गराउन आफूहरुले व्यवसायिक शुरुवात गरेको बताए । उनले भने, –‘बेकरी परिकारमा नयाँ सन्तुष्टि दिन प्रतिवद्ध छौं, ग्राहकहरुले पक्कै पनि सेवा दिने मौका दिनुनै हुने छ ’बेकरीमा तीन जना युवाले करिव एक करोड लगानी गरिसकेका छन् ।

बेकरीमा आफनै उद्योग,बर्डथे लक्षित सेवा तथा खाजाका गुणस्तरिय परिकार सुलभ मूल्यमै सेवा पुरयाँउन प्रतिवद्ध भएको उद्यमी खापुङले बताएका छन् । उद्घाटनका अवसरमा ग्राहकहरुको सुविधाका लागि आर्कषक छुटको समेत व्यवस्था गरिएको उनले बताए । बयोवृद्ध हर्कहाङ खापुङको अध्यक्षतामा भएको बेकरी हाउस उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका कोषाध्यक्ष बिमल लामिछाने लगायत सञ्चारकर्मी,उद्यमी,व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...