अध्यक्षकप फुटबलकाे उपाधी टेम्केलाइ

 लिम्बुवान न्युज
                       

दमक, ३ चैत्र / झापाको कमलमा सम्पन्न प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीले जितेको छ ।  बिहीबार भएको फाइनल खेलमा एपीएफ पकली सुसनरीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि चुमेको हो । उपाधिसँगै टेम्केले नगद २ लाखसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

उपविजेता एपीएफ पकलीले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको थियो । दोस्रो हाफको ११औं मिनेटमा टेम्केका अभिषेक खड्काको क्रसमा रोमन लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रतियोगिता भरी थप गोल हुन नसक्दा रोमन लिम्बूको गोल नै जितका लागि निर्णायक गोल बन्यो । प्रतिस्पर्धात्मक फाइनल खेलमा गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए । खेलको १७औं मिनेटमा एपीएफले पाएको फ्रिकिक युवराज खड्काको शक्तिसाली प्रहार टेम्केका गोलरक्षक प्रवीण लिम्बूले उत्कृष्ट बचाउ गरे ।

६५औं मिनेटमा एपीएफका रोमन भुजेलले प्रहार गरेको बल पोष्ट बाहिरिएको थियो । बिहीबार भएको खेलको प्लेयर अफ दी म्याच टेम्केका रोमन लिम्बू घोषित भए । उनले नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उत्कृष्ट गोलरक्षक टेम्केका प्रवीण लिम्बू घोषित भए । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर एपीएफका दिवस गिरी, उत्कृष्ट स्टाइकर टेम्केका आकाश राई, उत्कृष्ट कोच टेम्केका जोगिन मरिक घोषित भए । उनीहरुले नगद ३ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका रोमन भुजेल घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताको समापन समारोहका अवसरमा अग्रज खेलाडी बलबहादुर कार्कीलाई सम्मान गरिएको थियो । विगतमा केर्खा क्षेत्रमा कार्कीले फुटबल खेलको विकासमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्कीले केर्खा फुटबल क्लबसँगै झापा ११, बौद्ध फुटबल क्लबबाट समेत खेल खेलेका थिए । समारोहका बीच कमल गाउँपालिकाका फुटबल कोच रुस्तम राई, नवकिरण बाल क्लब लगायतलाई सम्मान गरिएको थियो ।

कमल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष चतुरभुज सुवेदीको अध्यक्षता तथा प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद सिवाकोटी, प्रमुख प्रशाशकीय अधिकृत काजीमान राई लगायत स्थानीय पार्टी प्रतिनिधि साथै खेलप्रमीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...