फाकफोकथममा कोरिया कामदार लाने प्रक्रिया पुरा नगरेको भन्दै सरोकारवालाहरुको खबरदारी

 लिम्बुवान न्युज
                       

फाकफोकथुम, ४ चैत्र । दक्षिण कोरियामा मौसमी कामदार लाने सम्झौता भएको फाकफोकथुम गाउँपालिकाले कामदार लाने त्यस क्षेत्रका स्थानीय नागरिकहरुबाट निवेदन लिएकोमा आवश्यक प्रक्रिया पुरा नगरी छनौट गरेकोमा स्थानीय सरोकारवालाहरुले खबरदारी गरेका छन् ।

उनीहरुले एक विज्ञप्ति प्रकाशित गर्दै पालिकामा धर्ना समेत दिएको स्थानीय युवा नेता दिपक योङहाङले बताएका छन् । पालिकाले मनोमानी ढंगबाट निवेदन लिई छिमेकी जिल्ला झापाको विर्तामोडमा मेडिकल रिपोर्ट बनाउन बोलाइएको प्रति अपत्ती जनाउँदै यस्तो कार्यप्रति खेद प्रकट गरेका छन् ।

उनीहरुले सो कार्यको खारेज गरि निष्पक्ष र पारदर्शी ढंगले योग्य उम्मेद्वार छान्नु पर्ने माग राख्दै पुनः छनौट प्रक्रिया अघि बढाउन गाउँपालिकालाई अपिल गरेका छन् ।

विज्ञप्तिमा भनेका छन् मागलाई वेवास्ता गरेमा थप चरणबद्ध आन्दोलन गर्ने खबरदारी गरेका छन् । विज्ञिप्तमा विभिन्न राजनैतिक दलमा आबद्ध स्थानीय २ दर्जन भन्दा धेरै युवाहरुले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...