मनाङमर्स्याङदी क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश

 लिम्बुवान न्युज
                       

दमक, ११ चैत । मनाङमर्स्याङदी क्बल झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

दमक खेलकुद विकास समितिको आयोजनामा भएको शुक्रबारको खेलमा मनाङको जितका लागि अफिज ओलावलेले दुई गोल, रुपेश केसीले एक गोल गरे । एक गोल भने मनाङले आत्मघाती उपहार पायो । बागमतीका लागि विमल घिसिङ र जोमाउलले गोल गरे ।

खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो । खेलको १४ मिनेटमा मनाङका ओलावलेले गोल गरे । तर, मनाङको अग्रतालाई बागमतीले धेरै समय कायम रहने दिएन । खेलको २७ औँ मिनेटमा बागमतीका विमल घिसिङले गोल फर्काएर खेललाई बराबरीमा ल्याए । पहिलो हाफ एक/एकको बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफको सुरुवाती समयमा भने बागमतीले निकै आक्रमक खेल खेल्यो । ५३ औँ मिनेटमा जमाउलले गोल गर्दै बागमतीलाई अग्रता दिलाए । तर, उसले अग्रता भने कायम राख्न सकेन । खेलको ६७ औँ मिनेटमा मनाङले आत्मघाती गोलको उपहार पायो । बल क्लियर गर्ने क्रममा बागमतीका सिलोमार्टिनले आत्मघाती गोल गरे । खेलको ७० औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा ओलावलेले गोल गर्दै मनाङलाई अग्रता दिलाए । खेलको ८१ औँ मिनेटमा मनाङका लागि रुपेश केसीले गोल गरे । बागमतीका गोलरक्षक मनोज प्रधानबाट रिवाउन्स भएको बललाई उनले गोलमा परिणत गरेका थिए ।

शुक्रबारको खेलको म्यान अफ दि म्याच विजेता टिमका अफिज ओलावले घोषित भए । उनले नगद दश हजार रुपैयाँ पाए । शनिबारको दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाइज र पुलिस क्लब भारतबीच हुने आयोजक समितिका खेल संयोजक मोहन मगरले जानकारी दिए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...