मनाङ् दमक गोल्डकपको फाइनलमा प्रवेश

,   लिम्बुवान न्युज
                       

दमक, १५ चैत । मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ ।

आज मंगलबार दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको पहिलो सेमिफाइन खेलमा पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो ।

मनाङको जितका लागि अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९औँ मिनेटमा गोल गरेका थिए । मनाङको विदेशी खेलाडी ओलावलेले गरेको गोल नै निर्णायक भयो ।

खेलमा मनाङले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । मानेभञ्ज्याङले खेलमा गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन । मंगलबारको खेलको म्यान अफ दि म्याच अफिज ओलावले भए । उनले नगद दश हजार पुरस्कार पाए । म्यान अफ द म्याजको प्रायोजन इर्क स्पोर्टस् वेर दमकले गरेको हो ।

दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । अब फाइनल प्रवेशका लागि बुधबार गोर्खा ब्वाइज रुपन्देही र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच हुने खेल संयोजक मोहन मगरले जानकारी दिए । बुधबार विजयी हुने टिमले फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;