इटहरी ५ मा लिम्बुवान मञ्चको वडा कमिटि गठन

 लिम्बुवान न्युज
                       

इटहरी, १७ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल इटहरी वडा नं. ५ को समिति गठन भएको छ । संघीय सहसचिव पदम तामाङको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो ।

विहीबार आयोजित वडा गठन कार्यक्रममा मिरा राई (गुरुङ)को अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षहरुमा दिलिप मादेन र सिंहराज लिम्बु, सचिवमा रिताकुमारी लिम्बु, सहसचिवमा मनिका राई लिम्बु र अर्थसचिवमा हर्कमाया लिम्बु (राई) चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा राजमाया लिम्बु, लिला गुरुङ, वविता प्रधान, धनबहादुर लिम्बु, देउमाया लिम्बु, सन्जीता लिम्बु, बसन्ती लिम्बु मगर, पदमा लिम्बु गुरुङ, गोमा लिम्बु, आईतवीर लिवाङ, सुज माया याक्खा र मनमाया लिम्बु रहेका छन् ।
यसैगरी सल्लाहकार सदस्यहरुमा विदुर लिम्बु, अग्नी प्रसाद अधिकारी, गोरीमाया लिम्बु, दिलमाया लिम्बु र डम्बर पन्धाक रहेका छन् । कार्यक्रममा दलित मुक्तिमञ्चका उपध्यक्ष नैनकुमार विश्वकर्मा, जिल्ला उपाध्यक्ष मनोहर थलङ् लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...