
चौविसे, १८ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चौविसे गाउँपालिका ६ हाङफाबुङमा टोल समिति गठन भएको छ । मञ्चका प्रान्तीय सदस्य आइत सोदेन र जिल्ला अध्यक्ष कविर चेम्जोङको विशेष उपस्थितिमा समिति गठन भएको हो ।
विहीबारका दिन लिम्बुवान भोलेन्टियर्सका कमाण्डर दिलकुमार लिम्बुको संयोजकत्वमा समिति गठन भएको हो । समितिको सदस्यहरुमा रामकुमार चेम्जोङ, धनुष लिम्बु, मनकेश लिम्बु, कमल लिम्बु, विवेक लिम्बु, उनोज लिम्बु, धुनिराज लिम्बु, समप्त लिम्बु, भिम लिम्बु, अर्जुन लिम्बु, सिर्जना चेम्जोङ, विपना लिम्बु, नितु लिम्ुब, दिपा लिम्बु, सन्तमाया लिम्बु, वीरबहादुर लिम्बु सोदेम्बा, मान बहादुर लिम्बु र सगुन लिम्बु रहेका छन् ।
उक्त टोल गठन कार्यक्रममा मञ्चका जिल्ला सदस्य श्रीमान खजुम लगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष चेम्जोङ्ले आगामी स्थानीय तहको निर्वाचनमा मञ्चबाट कसरी जनप्रतिनिधि निर्वाचित गर्ने बारे सबै एकजुट भएर लाग्न अनुरोध गरेका छन् ।