उर्लाबारीमा धिमाल फूड फेस्टिवल हुँदै

 लिम्बुवान न्युज
                       

उर्लाबारी, १८ चैत । आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मोरङको उर्लाबारीमा भोलि शनिवार धिमाल फुड फेष्टिबल–२०७८ हुँदैछ ।
“संस्कृति, मौलिकता र स्वस्थ्य खाना” मूल नारा दिई चिचिरी–गेन्द्रो दिवसको अवसरमा धिमाल जातिय विकास केन्द्रले आफ्नो मौलिक सांस्कृतिक परिकार प्रवर्दनका लागि त्यहाँको धिमाल परियोजनास्थल मंगलबारेमा फूड फेष्टिबल गर्न लागेको हो ।
धिमाल फुड फेष्टिबलमा समुदायको परम्परागत खाद्य परिकार चिचिरी र गेन्द्रोलाई जोड दिईने कार्यक्रम संयोजक अम्बरबहादुर धिमालले जानकारी दिए । चिचिरी धिमाल समुदायमा विशेष प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो । यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको सचिवालय सदस्य तथा प्रचारप्रसार संयोजक अजितकुमार धिमालले जानकारी दिए ।
चिचिरी एक प्रकारको लस्सायुक्त धानको चामलबाट तयार पारिन्छ । खास गरि विवाह गरेकी चेली माईत आउँदा कोशेलीको रुपमा यो परिकार ल्याउने गरिएको गरिन्छ । माईत आएकी चेली तथा ज्वाईलाई स्वागतका लागि गेन्द्रो खुवाउने चलन छ । गेन्द्रो सोहि चामलको पिठोबाट पातमा बेरेर पानीमा राखेर उमालेर पकाउने गरिएको छ ।
धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवर्दन गर्ने उदेश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले बताएका छन् । धिमाल समुदायका कतिपय संस्कृति, पोशाक, बाजा तथा परिकार धिमाल समुदायकै नयाँ पुस्ताले विर्सदै गएकाले उनीहरुलाई चिनाउन र अन्य समुदायमा समेत धिमाल संस्कृति बारे जानकारी गराउन फेष्टिबल सहयोगी हुने उनको भनाई छ । कार्यक्रमलाई संगीतमय बनाउन विभिन्न कलाकारहरुको समेत प्रस्तुति रहनेछ । कार्यक्रममा प्रदेश न. १ का प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यता रहने केन्द्रका महासचिव मात्रिका धिमालले बताए ।
झापा र मोरङ्मा सघन तथा सुनसरीका केहि क्षेत्रमा परम्परागत बसोबास रहेको धिमाल जातिलाई झापाको दमक तथा मोरङको उर्लाबारी, पथरी र बेलबारी नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । २०६८ सालको जनगणना अनुसार धिमाल जातिको जनसंख्या २६ हजार २ सय ९८ रहेको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...