लिम्बुवान मञ्च झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन समिति गठन

 लिम्बुवान न्युज
                       

दमक, २० चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन क्षेत्रीय समिति गठन भएको छ । दमकका पुराना पहिचानवादी नेता टंक केरुङको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

शनिबार दमकस्थित नगर समितिको कार्यालयमा मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले केरुङको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा प्रकाश नेम्बाङ, गुमानसिंह सम्बाहाम्फे, के.बी. चेम्जोङ चयन गरेको छ भने सचिवमा लासाङ निङलेखु र मनु साम्पाङ राई त्यसैगरी अर्थसचिवमा तेजु आङदेम्बे चयन भएका छन् ।

यसरी नै समितिको सदस्यहरुमा गंगा धिमाल, ममता लिम्बु, शान्ती तामाङ, गीता धिमाल, दासमाया लिम्बु, दिलु सम्बाहाम्फे, श्याम मादेन, दिपा सम्बाहाम्फे, शनी नेम्बाङ र सेसेमी लिम्बु रहेका छन् ।

कार्यक्रम संयोजक तथा उपाध्यक्ष विष्णु माया थापा भट्टराईको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव विकाश मगरले गरेका थिए । स्वागत मन्तव्य दमक नगर सचिव मनु साम्पाङले राखेकी थिइन । कार्यक्रममा मञ्चका उपाध्यक्ष थाङसाङ लावती, प्रान्तीय सचिव मोहन वेघा, राजु राई, रामचन्द्र थापा मगर, दमक नगरअध्यक्ष याम लिम्बु लगायत नेताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...