विशेष कार्यक्रमका बिच मञ्च अध्यक्ष कुमार लिङदेन कुम्मायकमा

 लिम्बुवान न्युज
                       

पाँचथर, २३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक कुम्मायक–२ माङ्जाबुङ पुगेका छन् । आज सेर्मा संजुम्भोको महासम्मेलनमा जाने क्रममा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थरका नेताहरुसँग भेटघाट समेत उनले गरेका हुन् ।

सो क्रममा कुम्मायुक वडा नं. २ मा अध्यक्ष लिङदेनको उपस्थितिमा लिम्बुवान मञ्चको वडा समिति गठन भएको छ । देवीचन्द्र सेर्माको अध्यक्षतमा ११ सदस्यीय कार्य समिति गठन भएको हो ।

त्यसैगरी समितिको उपाध्यक्षमा इन्द्र ब.सेर्मा र कमला सेर्मा त्यसैगरी सचीवमा बेग ब. सेर्मा, अर्थसचिवमा सङ्सेस सेर्मा चयन भएका छन् भने सदस्यमा लक्ष्मण सेर्मा, दिवाकर सेर्मा, धोजहाङ सेर्मा, सचिन सेर्मा, सन्दिप सेर्मा र जापान सेर्मा चयन भएका छन् ।

कार्यक्रममा मञ्चका संघीय अर्थसचिव सुर्य आङबुहाङ, प्रान्तीय उपमहासचिव धनराज सुब्बा, लिम्बुवान भोलेन्टियर्स उपकमाण्डर लाजेसा सेर्मा र जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, जिल्ला बरिष्ठ उपाध्यक्ष जितेन चेम्जोङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

इटहरी २ अध्यक्षमा हर्कजंग लिम्बु निर्वाचित

यसैगरी आज सुनसरी इटहरी वडा नं. २ को अध्यक्ष हर्कजंग लिम्बु निर्वाचित भएका छन् । इटहरीमा जिल्ला उपाध्यक्ष मनोहर थलङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले अध्यक्षमा लिम्बुलाई चयन गरेको हो ।
यसरी नै समितिको उपाध्यक्षमा सुरेन लिम्बु, सचिवमा गणेश लिम्बु, सहसचिवमा देव लिम्बु र अर्थसचिवमा अमृता लिम्बु चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा एल.बी. लिम्बु, निर्मल लिम्बु, तेजबहादुर लिम्बु, सुमित्रा लिम्बु, दिपेन लिम्बु, पवित्रा लिम्बु, भिमा लिम्बु र उषा लिम्बु चयन भएका छन् ।

वडा कमिटी गठन कार्यक्रममा मञ्चका जिल्ला महिला उपाध्यक्ष सरिता राई अधिकारी, इटहरी उपमहानगरका उपाध्यक्ष सनवीर लिम्बु, जिल्ला नेताहरु विवेक लिम्बु, सुमित्रा लिम्बु लगायत नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...