नेपाली चलचित्र कबड्डी चौथोले रिलिज अघि नै लगानी गर्‍यो सुरक्षित

 लिम्बुवान न्युज
                       

काठमाडौं, १६ वैशाख । दयाहाङ राई र सौगात मल्ल स्टारर प्रतीक्षित फिल्म ‘कबड्डी’को चौथो श्रृंखलाले रिलिजअघि नै लगानी सुरक्षित गरेको छ ।

बिहीबारसम्म प्रमुख विश्व बजारमा राइट बिक्रीबापत फिल्मले दुई करोड रुपैयाँ ग्रस कमाएको छ । फिल्मको लगानी झण्डै तीन करोड रुपैयाँ रहेको जनाइएको छ ।

निर्माता मणिराम पोखरेलले युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, हङकङ, जापान र भारतमा राइट बिक्री भइसकेको बताए । उनका अनुसार जेठ १३ गते नेपालसहित ती मुलुकमा एकसाथ फिल्म प्रदर्शन हुनेछ ।

‘विदेश बिक्रीबापत प्राप्त दुई करोड र डिजिटल राइटसहित हामीले लगानी सुरक्षित गरेका छौं,’ निर्माता पोखरेलले भने, ‘अब हामीलाई नेपाल प्रदर्शनमा सजिलो पनि भएको छ ।’

निर्माता पोखरेलका अनुसार फिल्मका अघिल्ला तीन सिक्वेलभन्दा चौथोले विदेशबाट अहिलेसम्मकै उच्च कमाइ गरेको हो । राइट बिक्री भइसकेका विदेशी मुलुकमा नेपालसँगै फिल्म रिलिज हुने जानकारी पनि उनले दिए ।

अष्ट्रेलिया र बेलायतमा उच्च मूल्यमा राइट बिक्री भएको छ । रिलिज अगाडि नै ‘कबड्डी ४’को यो डायस्पोरा व्यापारलाई कोरोना महामारीले प्रभावित फिल्मको विदेशी बजार लयमा फर्किएको रुपमा हेरिएको छ ।

‘विदेशी बजार अब सामान्य हुँदै गएको देखिन्छ । कबड्डीको व्यापारले अन्य फिल्मलाई पनि हौसला दिन्छ,’ पोखरेलले भने । भारतमा चाहिं नेपाल रिलिजको एक सातापछि मात्र फिल्म प्रदर्शन गर्ने तयारी छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ लगायतको अभिनय छ । यसपटक सिक्वेलको नाम ‘कबड्डी ४ः द फाइनल’ म्याच राखिएको छ । फिल्मको सिक्वेल अन्तिम हुन्छ वा हुँदैन, केही खुलाइएको छैन ।

गत महिना रिलिज भएको गीत ‘केसरी’ अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा हिट पनि भइरहेको छ । (अनलाइन खबरबाट)

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...