नयाँ बुलन्द छैटौं बर्षमा प्रवेश

 लिम्बुवान न्युज
                       

लिख, १७ वैशाख। बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकम छैटौं बर्षमा प्रवेश भएकाे छ । साेही अवसर पारेर शनिबार बुलन्दले छैठाैं बार्षिक उत्सव मनाएकाे छ।  उक्त वार्षिक उत्सवको अवसरमा इलामका पत्रकार बालकृष्ण बस्नेत सम्मानित भएका छन् ।

बस्नेतलाई बिहीबार इलाम सदरमुकाममा आयोजित वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेव ढुङ्गानाले सम्मानपत्र प्रदान गरे ।

बस्नेतले ग्रामीण क्षेत्रमा रहेर समेत पत्रकारिताका माध्यमबाट समुदायमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेडका संचालक एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले बताए ।

बुलन्द मल्टिटेक्निकल मिडियाले आफ्नो वार्षिक उत्सवको अवसरमा बर्सेनि एक जना उदयीमान पत्रकारलाई सम्मान गर्दै आएको छ । यसअघि प्रकाश नेपाल र युद्धबहादुर बोहोरा सम्मानित भईसकेका छन् ।

बस्नेत विगत ५ वर्षदेखि ग्रामीण पत्रकारितामा क्रियाशील छन् । बस्नेत नयाँ बुलन्दसँगै इलामबाट संचालित रेडियो नेपालबाणी एफएममा समेत आवद्ध छन् । उनी नेपाल पत्रकार महासंघ इलामका कार्यसमिति सदस्य समेत हुन् ।

वार्षिक उत्सवको अवसरमा शुभकामना आदानप्रदानसँगै नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर) २०७९ सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष ढुङ्गानासहित उपस्थित जिल्लाका संचारकर्मीहरुले संयुक्त रुपमा सार्वजनिक गरे ।

कार्यक्रमका वक्ताहरुले नयाँ बुलन्दले विभिन्न चुनौतीको बाबजुत लोकप्रियता कायम गर्न सफल भएको भन्दै निरन्तरताको कामना गरे । नागरिकलाई सूचना प्रदान गर्न पहरेदार बन्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू पुर्याउन सुझाव दिएका थिए ।

साथै पछिल्लो नागरिकको सूचनाको पहिलो श्रोतको रुपमा अनलाइन सञ्चारमाध्यम बन्दै गएको उल्लेख गर्दै वक्ताहरुले सूचना र प्रविधिको विकास र विस्तासँगै क्षणभरमा कुनैपनि सूचना विश्वमा प्रवाह गर्न नयाँ बुलन्दको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रदेश उपाध्यक्ष ढुङ्गानासहित नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, प्रेस चौतारीका अध्यक्ष भीम चापागाई, नेपाल प्रेस युनियनका सचिव टीका खतिवडा, प्रेस सेन्टरकी अध्यक्ष बुद्धमाया सोङ्मी, समाजवादी प्रेस संगठनका अध्यक्ष रमेश पराजुली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का उपाध्यक्ष याम माबोहाङ, फोटो पत्रकार महासंघका अध्यक्ष राजेश पराजुली, इलाम पोष्ट दैनिकका ख्याम भुजेल, चियाबारी एफएमका बिक्रम सुन्दास, सन्दकपुर अनलाइनका भगीरथ भण्डारी, नेपाल टेलिभिजनका विजयशेखर भट्टराईले मन्तव्य राखेका थिए ।

नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपसम्पादक युद्धबहादुर बोहोराले गरेका थिए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...