म्याङ्लुङ ८ का वडाध्यक्ष उम्मेदवार लिम्बुले सरकारी सेवासुविधा नलिने घोषणा

 लिम्बुवान न्युज
                       

तेह्रथुम, २६ वैशाख । वडा अध्यक्षमा आफु निर्वाचित भए सरकारी सेवा सुविधा नलिने म्याङलुङ नगरपालिका वडा नम्बर ८ का अध्यक्षका उम्मेदवार लोक बहादुर सम्बाहाम्फेले घोषणा गरेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका सम्बाहाम्फेले वैशाख ३० गते हुने निर्वाचनमा म्याङलुङ नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा निर्वाचित भए कुनै पनि प्रकारको सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।

स्थानिय सरकार संचालन गर्ने राज्यको नीति निर्देशनमा रहेर वडाको विकासमा कुनै कसर बाकी नराख्ने तथा ऐनले तोकेका र घोषणा गरेका कुनै पनि सेवा सुविधा नलिने सम्बाहाम्फेले बताउनु भयो ।

म्याङलुङ नगरपालिकामा १० वटा वडा मध्ये वडा नम्बर ८ मा बैशाख ३० गते हुने निर्वाचनमा मञ्चमा वडाध्यक्ष पदका लागि लोक बहादुर सम्बाहाम्फे सहित नेकपा एमालेबाट सुनिल सम्बाहाम्फे र नेपाली कांग्रेसबाट उत्तम कुमार सम्बाहाम्फे गरी ३ जनाको उम्मेदवारी रहेको छ । उनीहरु हालैमात्र पुरानो पार्टीबाट आफ्नो पहिचान र अस्तित्व स्थापित नहुँने भन्दै परित्याग गरि मञ्चमा प्रवेश गरेका हुन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...