विक्रम वनेमको निर्देशनमा ‘बावा–आमा’ को छायाँकन सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, २९ वैशाख । रंगकर्मी तथा निर्देशक विक्रम वनेम फागोको निर्देशनमा सत्य जीवन कथामा आधारित गीतकार संगीता आङथुपोको शव्दभावहरुमा आमा–बुबाप्रति समर्पित गीत ‘बाबा–आमा’ गीतको छायाँकन सम्पन्न भएको छ ।

आईतबार छायाँकन सम्पन्न भएको गीतकार आङथुपोले आफ्नै वास्तविक पीडालाई सुन्दर शब्दमा उतारेको गीतको संगीत भने राजेन्द्र केरुङले गरेका छन् ।

चर्चित गायिका मेलिना राईको आवाजमा सजिएको गीतको भिडियोमा सृजना सुव्वा, संगीता लावती, चेतन आङथुपो, राज कुमार आङदेम्बे, मन कुमार योङहाङ लगायतले अभिनय गरेका छन् भने बालकलाकारहरु वरुमफुङ योङहाङ, तान्छो लिम्बु, अपना लिम्बु, आन्छु लिम्बु, जुनु लिम्बु, आर्या लिम्बु लगायतको अभिनय रहेको छ ।

दिनेश माङमुको कार्यकारी निर्देशनमा बुद्ध थापा र टिमको छायाँकन, लोकेश थापाको मेकअप, अनिल थोप्राको व्यवस्थापन र कृष्ण सुबेदी सह–व्यवस्थापन रहेको छ ।

अनिश लावती सहयोगी रहेको भिडियोमा सुरेश थापा, गौतम थापा, ध्रुव श्रेष्ठ, सुवास सिलवाल, संदिप घिमिरेले प्रविधिमा साथ दिएका छन् भने यातायातमा सन्तबीर राई र मन कुमार मगरले साथ दिएका छन् ।

मोरङको पथरिशनिश्चरे लाटिझोडा, उर्लाबारी, बिराटनगर र झापाको दमकमा छायाँकन गरिएको गीतको संगीत संयोजन राजु कार्कीको रहेको छ । गीतको रेकर्डिङ सुरेश राईले गरेका छन् ।

हाल सम्पादनमा रहेको भिडियो जेठ पहिलो हप्ता सार्वजनिक गरिने निर्देशक बिक्रम वनेम फागोले बताए ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...