विक्रम वनेमको निर्देशनमा ‘बावा–आमा’ को छायाँकन सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, २९ वैशाख । रंगकर्मी तथा निर्देशक विक्रम वनेम फागोको निर्देशनमा सत्य जीवन कथामा आधारित गीतकार संगीता आङथुपोको शव्दभावहरुमा आमा–बुबाप्रति समर्पित गीत ‘बाबा–आमा’ गीतको छायाँकन सम्पन्न भएको छ ।

आईतबार छायाँकन सम्पन्न भएको गीतकार आङथुपोले आफ्नै वास्तविक पीडालाई सुन्दर शब्दमा उतारेको गीतको संगीत भने राजेन्द्र केरुङले गरेका छन् ।

चर्चित गायिका मेलिना राईको आवाजमा सजिएको गीतको भिडियोमा सृजना सुव्वा, संगीता लावती, चेतन आङथुपो, राज कुमार आङदेम्बे, मन कुमार योङहाङ लगायतले अभिनय गरेका छन् भने बालकलाकारहरु वरुमफुङ योङहाङ, तान्छो लिम्बु, अपना लिम्बु, आन्छु लिम्बु, जुनु लिम्बु, आर्या लिम्बु लगायतको अभिनय रहेको छ ।

दिनेश माङमुको कार्यकारी निर्देशनमा बुद्ध थापा र टिमको छायाँकन, लोकेश थापाको मेकअप, अनिल थोप्राको व्यवस्थापन र कृष्ण सुबेदी सह–व्यवस्थापन रहेको छ ।

अनिश लावती सहयोगी रहेको भिडियोमा सुरेश थापा, गौतम थापा, ध्रुव श्रेष्ठ, सुवास सिलवाल, संदिप घिमिरेले प्रविधिमा साथ दिएका छन् भने यातायातमा सन्तबीर राई र मन कुमार मगरले साथ दिएका छन् ।

मोरङको पथरिशनिश्चरे लाटिझोडा, उर्लाबारी, बिराटनगर र झापाको दमकमा छायाँकन गरिएको गीतको संगीत संयोजन राजु कार्कीको रहेको छ । गीतको रेकर्डिङ सुरेश राईले गरेका छन् ।

हाल सम्पादनमा रहेको भिडियो जेठ पहिलो हप्ता सार्वजनिक गरिने निर्देशक बिक्रम वनेम फागोले बताए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...