दमकमा गठबन्धनले लियो अग्रता

 लिम्बुवान न्युज
                       

दमक, १ जेष्ठ । एमालेका अध्यक्ष केपी ओलीको गृहनगर दमकमा गठबन्धनले अग्रता लिएको छ । गणनाको सुरुवाती समयदेखि नै एमालेले अग्रता लिएको थियो, तर उक्त अग्रतालाई रोकेर कांग्रेस, माओवादी गठबन्धनमा रहेका राम थापा अघि बढेका छन्।

उनले २,१८५ मत ल्याउँदा एमालेकी गीता अधिकारीले २,१३६ मत ल्याएकी छिन्। उपप्रमुखमा पनि गठबन्धनको अग्रता छ। उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले २,१३८ मत ल्याएकी छन्। उनलाई पछ्याउँदै एमालेका अम्बिका खनालले १,९७७ मत ल्याएका छन्।

अहिले दमक– १० को मतगणना भइरहेको छ। हालसम्म पाँच हजार ६ मत गणना भइसकेको छ। यसअघि दमक– १ मा एमालेका हरि न्यौपानेको प्यानल नै विजय भएको छ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...