चुलाचुली १ मा लिम्बुवानको प्यानलै विजयी, पूर्ण लावती पुनः वडाध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

चुलाचुली, १ जेष्ठ /इलामको चुलाचुली वडा नम्बर १ बाट वडाध्यक्षमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान प्रान्तीय मञ्चले प्यानलै जित हासिल गरेको छ । मञ्चका निवर्तमान वडाध्यक्ष पूर्ण लावती (ध्रुव)ले ३२६ मतको अग्रता सहित विजयी गरेका हुन् ।

लावतीले २०७४ को स्थानीय निर्वाचनमा ७०७ मत प्राप्त गरि निर्वाचित भएका थिए । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार लावतीले ८५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मोति फागोले ५२७ मत प्राप्त गरेका छन् ।

यसैगरी खुल्ला सदस्यमा समरध्वज तामाङले ७२७, लाल बहादुर चाम्लिङले ७८१ मत पाएका छन् भने महिला सदस्य रामकुमारी राई ८३० र दलित महिला सदस्य जानुकादेवी विश्वकर्माले ७७४ मत लिई विजयी हासिल गरेका छन् । विजयी घोषणा पश्चात मञ्चले पालिका भवनदेखि चुलाचुली १ सम्म ¥याली गर्दै चुलाचुली १ माङतोक चौकको शालिकमा माल्यार्पण गर्दै कोणसभा गरेको छ ।

कोणसभालाई मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक र बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले सम्बोधन गर्दै विजयी उम्मेदवारहरुलाई बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा मञ्चका उपाध्यक्ष शर्मिला याक्सो, महासचिव अशोक चेम्जोङ लगायत नेताहरुको सहभागीता रहेको थियो ।

चुलाचुली १ मा जम्मा मतदाता संख्या ३९०३ रहेकोमा २७१८ मत खसेको थियो ।
जम्मा १८ हजार ५८० मतदाता संख्या मध्ये १२ हजार ८९४ मत खसेको थियो अथवा ६९.१६ प्रतिशत मत खसेको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...