
चुलाचुली, १ जेष्ठ /इलामको चुलाचुली वडा नम्बर १ बाट वडाध्यक्षमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान प्रान्तीय मञ्चले प्यानलै जित हासिल गरेको छ । मञ्चका निवर्तमान वडाध्यक्ष पूर्ण लावती (ध्रुव)ले ३२६ मतको अग्रता सहित विजयी गरेका हुन् ।

लावतीले २०७४ को स्थानीय निर्वाचनमा ७०७ मत प्राप्त गरि निर्वाचित भएका थिए । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार लावतीले ८५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मोति फागोले ५२७ मत प्राप्त गरेका छन् ।

यसैगरी खुल्ला सदस्यमा समरध्वज तामाङले ७२७, लाल बहादुर चाम्लिङले ७८१ मत पाएका छन् भने महिला सदस्य रामकुमारी राई ८३० र दलित महिला सदस्य जानुकादेवी विश्वकर्माले ७७४ मत लिई विजयी हासिल गरेका छन् । विजयी घोषणा पश्चात मञ्चले पालिका भवनदेखि चुलाचुली १ सम्म ¥याली गर्दै चुलाचुली १ माङतोक चौकको शालिकमा माल्यार्पण गर्दै कोणसभा गरेको छ ।


कोणसभालाई मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक र बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले सम्बोधन गर्दै विजयी उम्मेदवारहरुलाई बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा मञ्चका उपाध्यक्ष शर्मिला याक्सो, महासचिव अशोक चेम्जोङ लगायत नेताहरुको सहभागीता रहेको थियो ।

चुलाचुली १ मा जम्मा मतदाता संख्या ३९०३ रहेकोमा २७१८ मत खसेको थियो ।
जम्मा १८ हजार ५८० मतदाता संख्या मध्ये १२ हजार ८९४ मत खसेको थियो अथवा ६९.१६ प्रतिशत मत खसेको थियो ।
