दमक–२ मा एमाले विजयी, प्रमुख र उपप्रमुखमा गठबन्धन अगाडि

 लिम्बुवान न्युज
                       

दमक, २ जेठ । दमक २ मा एमालेका प्रजापति सापकोटा पुनः वडाध्यक्षमा विजयी भएका छन् । उनले एक हजार चार सय २७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका रुद्र कार्कीले एक हजार तीन सय ९० मत पाए ।

यो वडामा महिला सदस्यबाहेक सबै एमालेले जितेको छ । यसअघि दमक–१ मा एमाले र दमक–१० मा कांग्रेसले जित निकालेको छ ।

यद्यपि, प्रमुख र उपप्रमुखमा भने गठबन्धन अगाडि छ । प्रमुखमा गठबन्धनको तर्फबाट राप्रपाका राम थापाले पाँच हजार ९१ मत ल्याएका छन् । एमालेकी गीताकुमारी अधिकारीले चार हजार चार सय ९५ मतका साथ थापालाई पछ्याइरहेकी छिन् ।

उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले चार हजार नौ सय ४३ मत पाएकी छिन् । एमालेकी अम्बिका खनालले चार हजार तीन सय ४४ मतका साथ पछ्याइरहेका छन् ।

दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले एमालेको यो प्रतिस्पर्धा प्रतिष्ठाको प्रतिस्पर्धा हो । प्रजातन्त्र पुनर्स्थापना भएपछि यसअघिका सबै स्थानीय निर्वाचनमा यहाँ एमालेले जित्दै आएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...