चुलाचुली अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

 लिम्बुवान न्युज
                       

दमक, ३ जेष्ठ । इलामको चुलाचुली गाउँपालिकामा लोकप्रिय मतका साथ नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्र केरुङ विजयी भएका छन् ।
केरुङले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका ओमनारायण खनाललाई फराकिलो २ हजार ८ सय ९५ मतले पछि पार्दै चुलाचुलीमा इतिहास रचेका हुन् ।

मत परिणाम सार्वजनिक भएपछि केरुङले आफ्नो फेसबुक वालमा लेखेका छन् – ‘२७ वर्षपछि ईलाम चुलाचुलीमा नेपाली कांग्रेसलाई बिश्वास गरेर बहुमत दिएर मतदान गर्नु हुने सम्पूर्ण चुलाचुली मतदाताहरुमा धन्यवाद । यो जित कुनै पनि पार्टीको नभएर सिङ्गो हामी सबै चुलाचुली नागरिकको जित भएको छ । कस्ले हार्यो‘ कस्ले जित्यो ..? त्यो समय अब सकियो हामी सबै मिलेर चुलाचुली बनाउने छौं ।’
पालिका अध्यक्षमा निर्वाचित केरुङले ६ हजार ६ सय ५० मत पाए भने एमालेका ओमनारायण खनालले ३ हजार ७ सय ५५ मत पाए ।

पालिका उपाध्यक्षमा भने एमालेकी दिलकुमारी लिम्बू (योङहाङ) ४ हजार ४ सय ५० मतसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शुकबहादुर लावतीले ३ हजार ४ सय ४२ मत पाए ।

पालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि कांग्रेस र माओवादीका बीच चुनावी तालमेल भएको थियो भने वडाहरुमा दुवै दलका उम्मेद्वार चुनावी मैदानमा आमनेसामने थिए ।

६ वडा रहेको चुलाचुली गाउँपालिकाको पछिल्लो मत परिणामले कांग्रेस शक्तिशाली देखिएको छ । उसले ५ वटा वडामा विजय प्राप्त गरेको छ भने वडा नम्बर १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानले बाजी मारेको छ ।

कुन वडा कसले जिते ?

वडा नम्बर १ पूर्ण लावती ७५३ (संलोराम, लिम्बुवान)
वडा नम्बर २ लक्ष्मण श्रेष्ठ ८६७ (नेका)
वडा नम्बर ३ प्रेमकुमार श्रेष्ठ १०९८ (नेका)
वडा नम्बर ४ सागर जबेगू ८२९ (नेका)
वडानम्बर ५ बबिन राई ७०४ (नेका)
वडा नम्बर ६ दिलकुमार राई ८८९ (नेका)

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...