माङसेबुङ अध्यक्षमा एमालेका राई र उपाध्यक्षमा जसपाका नेम्बाङ विजयी

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३ जेठ । इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका विनोद नेम्बाङ विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन् ।

एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४ सय ९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए ।

इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी भएका थिए । ५ वर्षपछि दुवै नेताबीच दोश्रो पटक आमनेसामने भएका हुन् । यसपटक भने राईले बाजी मार्न सफल भएका छन् ।

राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुन् भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् ।
त्यस्तै एमालेकी उम्मेद्वार सुनिता सुब्बालाई ६ सय ८३ मतान्तरले पराजित गर्दै नेम्बाङ उपाध्यक्ष पदमा विजयी भएका हुन् । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेम्बाङले ३ हजार ७ सय २९ मत पाउँदा उनका निकटतम प्रतिष्पर्धी एमालेकी सुब्बाले ३ हजार ४६ मत पाएकी छन् ।

सुब्बा निवर्तमान उपाध्यक्ष हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिष्पर्धी थिए । सो निर्वाचनमा एमालेकी सुब्बा विजयी भएकी थिइन् । यसपटक नेम्बाङले बाजी मारेका छन् ।

तत्कालिन संघीय समाजवादी पार्टी नेपाल इलामका उपाध्यक्ष रहेका नेम्बाङ हाल जनता समाजवादी पार्टी नेपालका प्रदेश कोषाध्यक्ष हुन् ।
माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो ।

१२ हजार ५ सय ६८ मतदाता रहेको माङसेबुङमा ८ हजार ३ सय ७ मत खसेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...