
ताप्लेजुङ, ३ जेठ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुको वडाध्यक्षमा संघीय लोकतात्रिक राष्ट्रिय मञ्च, लिम्बुवानका नेता पूर्ण कुमार ताम्लिङ् वडाध्यक्षमा विजयी भएका छन् । ताम्लिङ्ले गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै वडाध्यक्ष बनेका हुन् ।
त्यसैगरी अन्य ४ वडासदस्यहरुमा भने स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेदारहरु महिला सदस्यमा अमृता लिम्बू, दलित महिला सदस्यमा कमला लकान्द्री, दुई खुल्ला सदस्यहरुमा भुवानी बुढाथोकी र रणबहादुर बिष्ट निर्वाचित भएका छन् । सो वडा गत २०७४ को स्थानीय निर्वाचनमा एमालेले जितेको थियो ।