झापामा जिसस गठन गर्न एमाले एक्लैको बहुमत

 लिम्बुवान न्युज
                       

बिर्तामोड, १० जेठ । झापामा जिल्ला समन्वय समिति गठन गर्न नेकपा एमालेलाई बहुमत जुटेको छ । कुल १५ स्थानीय तह रहेको झापा जिल्लामा पालिका प्रमुख र उपप्रमुख गरी ३० मत भारमा झापामा यसपटक एक्लै १७ जना पालिका प्रमुख र उपप्रमुख जित्दै बहुमतसहित एमाले पहिलो दल बनेको छ ।

१६ मत ल्याउँदा झापामा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र समन्वय समिति गठन गर्न सक्छ । झापामा एमालेपछि नेपाली कांग्रेसले कुल ९ पदमा विजयी हुँदै दोस्रो र कुल ४ पदमा विजयी हुँदै झापामा राप्रपा तेस्रो ठूलो दल बनेको छ । यसअघि २०७४ सालको निर्वाचनमा पनि नेकपा एमालेले कुल १९ पदमा विजयी हुँदै पहिलो दल बनेर एकलौटी रुपमा जिल्ला समन्वय समिति गठन गरेको थियो ।

यसपटक नेकपा एमालेले शिवसताक्षी नगरपालिका, बाह्रदशी गाउँपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, गौरादह नगरपालिका गरी ६ वटा पालिकामा पालिका प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेले विजयी हुँदा कनकाई नगरपालिकामा नगरप्रमुखमा विजयी भएको छ । यता, बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा उपाध्यक्ष पदमा एमाले विजयी भएको छ ।

नेपाली कांग्रेसले झापा गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा विजयी हुँदा, बुद्धशान्ति गाउँपालिका,भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा पालिका प्रमुख र कनकाई नगरपालिका, दमक नगरपालिकाममा पालिका उपप्रमुखमा नेपाली कांग्रेसले जित निकालेको छ । देशको तेस्रो ठूलो दल नेकपा माओवादीले जिल्लाको कुनै पनि पालिकामा जित हासिल गर्न सकेन ।

राप्रपाले भने झापामा हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपप्रमुख दुबैमा जित निकालेको छ । यो राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह नगर हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कांग्रेस, माओवादी, राप्रपासहितको गठबन्धनबाट राप्रपाले नगरप्रमुख जितेको छ । यसबाहेक राप्रपाले भद्रपुर नगरपालिकामा नगर उपप्रमुखमा जितेको छ ।

झापामा कुल १६१ वडामध्ये एमालेले ६१ वडा जित्दा, नेपाली कांग्रेसले ५१ वटा वार्ड माओवादी केन्द्र र राप्रपाले समान ७÷७ वटा वडा जित्दा नेकपा एकीकृत समाजवादीले १ वटा वडा र स्वतन्त्रले ४ वटा वडामा विजयी भएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...