मोरङ श्रीजंगा बनमा मञ्चको समीक्षा कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

पथरी, ११ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान जिल्ला कार्य समिति मोरङको आयोजनामा पथरीस्थित श्रीजंगा बनमा स्थानीय तह निर्वाचन सम्बन्धमा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मञ्चका उपाध्यक्ष तथा १ नं. प्रदेशकी सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेको उपस्थितिका कार्यक्रम आयोजना भएको हो ।

मञ्चबाट यहि वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार दिएकाहरुलाई सम्मान कार्यक्रमसँँगै चुनावी समीक्षा कार्यक्रम भएको हो । कार्यक्रममा मञ्चबाट उम्मेदवार बनेका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष त्यसैगरी वडाध्यक्षहरुले चुनावमा सहभागी हुँदा पाएको मतपरिणाम, आगामी चुनावमा पार्टीले नयाँ रणनीति बनाउनु पर्ने, चुनावमा अन्तरघात हुनुको कारण, आर्थिक तथा प्रचारप्रसार लगायतमा कमजोरी बारे धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि माननीय तुम्बाहाम्फेले उम्मेदवारहरुलाई सम्मान गर्दै धन्यवादपत्र वितरण गरेकी थिइन् । यसैगरी मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावतीले चुनावबाट हामी शिक्षा लिनु पर्ने औल्याएका थिए । चुनाव कसरी जित्ने पार्टीले रणनीतिक योजना बनाउन नसक्दा हानुपरेको बताए । चुनाव जित्ने आधारहरु बनाउनु पर्ने, नेताहरु कार्यकर्ताहरुमाझ पुगेर चुनावी माहौल बनाउन नसक्नु दुर्भाग्य भएको बताए ।

कार्यक्रम जिल्ला अध्यक्ष जिवन खेवाको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य सचिव मिक्सेन मिभकले राखे थिए त्यसैगरी कार्यक्रम संचालन अर्का सचिव वरुण लाबुङ गरेका थिए । मोरङबाट विभिन्न पालिका र वार्डहरुबाट १०१ जनाले मञ्चबाट उम्मेदवारी दिएको अध्यक्ष खेवाले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...