मोरङ श्रीजंगा बनमा मञ्चको समीक्षा कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

पथरी, ११ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान जिल्ला कार्य समिति मोरङको आयोजनामा पथरीस्थित श्रीजंगा बनमा स्थानीय तह निर्वाचन सम्बन्धमा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मञ्चका उपाध्यक्ष तथा १ नं. प्रदेशकी सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेको उपस्थितिका कार्यक्रम आयोजना भएको हो ।

मञ्चबाट यहि वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार दिएकाहरुलाई सम्मान कार्यक्रमसँँगै चुनावी समीक्षा कार्यक्रम भएको हो । कार्यक्रममा मञ्चबाट उम्मेदवार बनेका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष त्यसैगरी वडाध्यक्षहरुले चुनावमा सहभागी हुँदा पाएको मतपरिणाम, आगामी चुनावमा पार्टीले नयाँ रणनीति बनाउनु पर्ने, चुनावमा अन्तरघात हुनुको कारण, आर्थिक तथा प्रचारप्रसार लगायतमा कमजोरी बारे धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि माननीय तुम्बाहाम्फेले उम्मेदवारहरुलाई सम्मान गर्दै धन्यवादपत्र वितरण गरेकी थिइन् । यसैगरी मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावतीले चुनावबाट हामी शिक्षा लिनु पर्ने औल्याएका थिए । चुनाव कसरी जित्ने पार्टीले रणनीतिक योजना बनाउन नसक्दा हानुपरेको बताए । चुनाव जित्ने आधारहरु बनाउनु पर्ने, नेताहरु कार्यकर्ताहरुमाझ पुगेर चुनावी माहौल बनाउन नसक्नु दुर्भाग्य भएको बताए ।

कार्यक्रम जिल्ला अध्यक्ष जिवन खेवाको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य सचिव मिक्सेन मिभकले राखे थिए त्यसैगरी कार्यक्रम संचालन अर्का सचिव वरुण लाबुङ गरेका थिए । मोरङबाट विभिन्न पालिका र वार्डहरुबाट १०१ जनाले मञ्चबाट उम्मेदवारी दिएको अध्यक्ष खेवाले बताए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...