जेठ २१ मा झापाको साकेला समापन हुने

 लिम्बुवान न्युज
                       

झापा ,१४ जेठ । किरात राई यायोक्खा (किराया) झापा जिल्लाको आयोजनामा यहि जेठ २१ गते जिल्लास्तरिय साकेला हुने भएको छ । झापाको साकेला सिली कार्यक्रमलाई औपचारिक रुपमा यसवर्ष पनि कमल ४ र ५ को संगमस्थल साकेला चौक सितापुरी उत्तर साकेला थानमा भव्य रुपले समापन हुने भएको छ ।
विगत बर्षमा झै साकेला उभौलीको अवसरमा बैशाख पूर्णिमाको दिन देखि सुरु गरी झापा जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम भई जिल्ला स्तरीय समापन भने सोहीस्थानमा हुँदै आएको छ ।
उक्त सिलीमा झापाका सबै पालिका तथा वडा समितिहरुको साकेला सिली प्रदर्शन साथै इलाम, मोरङ र भारत बाघडोग्राबाट समेत साकेला टोली सहित कार्यक्रममा सहभागि हुने किराया झापा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए । विगत वर्षहरुमा ३० देखि ३५ वटा साकेला सिली टोलीको सहभागिता रहदै आएको छ । कोरोनाका कारण दुई बर्ष कार्यक्रमलाई असर गरेता पनि यस पटक केहि साकेला टोली बढ्ने अनुमान गरिएको छ ।
विभिन्न ९ वटा उपसमितिहरु गठन
कार्यक्रमलाई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न ९ वटा उपसमितिहरु बनाइएको छ । कार्यक्रम मूल आयोजक समिति, स्वयवसेवक परिचालन, अतिथि सत्कार, मेला व्यवस्थापन उपसमिति लगायतको उपसमितिहरु गठन गरिएको अध्यक्ष राईले बताए । कार्यक्रममा साकेला सिली प्रदर्शन, विभिन्न विद्यामा अग्रज सफल व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम साथै मनोरञ्जनका खेल तामासाहरु समेत मेलामा रहने बताइएको छ ।
साकेला सिली प्रतिको बढ्दो मोहलाई मध्यनजर गर्दै यस पटक कार्यक्रम व्यवस्थापनमा समेत ध्यान दिइएको किराया जिल्ला सदस्य सुशिल राईले बताए । करिब ६ देखि ८ हजार मानिसहरुले कार्यक्रमलाई अवलोकन गर्ने राईले बताए ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...