नेपाली चलचित्र ‘लोरी’ले कान्समा जित्यो ‘स्पेसल मेन्सन’ अवार्ड

 लिम्बुवान न्युज
                       

लाेरीका निर्देशक अविनाश विक्रम शाह

१० जेठ, काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले पहिलोपटक अवार्ड जितेको छ । अविनाश विक्रम शाहद्वारा निर्देशित चलचित्र ‘लोरी’ले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको हो ।
यही विधाको मुख्य अवार्ड पाम दे ओर चाहिँ चीनको १५ मिनेट लामो फिल्म ‘द वाटर मर्मस’ले जितेको छ । जित घोषणापछि अवार्ड लिन निर्देशक शाह कान्सकै मञ्चमा पुगेका थिए ।
नेपाली फिल्मले पहिलोपटक कान्समा औपचारिक रुपमा भाग लिएको थियो र पहिलो अवसरमै अवार्ड पनि जित्न सफल भएको छ ।
चलचित्रमा एक आमाले आफ्नी १२ वर्षकी छोरीलाई शान्त तुल्याउन लोरी गाउँछिन् । जब लोरी समाप्त हुन्छ र छोरी होसमा आउँछिन् वास्तविकता धेरै डरलाग्दो र जीवन परिवर्तन गर्ने देखिन्छ । कथा उत्कृष्ट भए रहेको छ ।
चलचित्रको स्क्रिप्ट र डायलग स्वयं शाहले लेखेका हुन् भने छायांकन उज्वलकुमार बस्ताकोटीले गरेका हुन् । अंकिता यादव, सुजिता साह र प्रीति झाको अभिनय रहेको यो फिल्म नेपालको अन्डरग्राउन्ड टकिज र हङकङको पेट्रा फिल्मसले संयुक्तरुपमा निर्माण गरेका हुन् ।
मुख्य प्रतिस्पर्धातर्फको अवार्ड पाम दे ओरचाहिँ रुबेन ओस्टलन्डले ‘ट्रयांगल अफ स्याडनेस’बाट जिते । उनको यो दोस्रो पाम दे ओर हो । यसअघि उनले सन् २०१७ मा ‘द स्क्वायर’बाट अवार्ड जितेका थिए ।
११ दिनसम्म चलेको कान्समा यसपटक नेपालकी अभिनेत्री सुरक्षा पन्तले आफू अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’बाट प्रतिनिधित्व गर्दै रेडकार्पेट नापेकी थिइन् । उनी नेपालबाट कान्समा रेडकार्पेट नाप्ने पहिलो कलाकार समेत बनेकि थिइन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...