
चौविसे, धनकुटा, १५ जेठ । धनकुटाको चौविसेगाउँपालिकामा ‘लिम्बू आदिवासी समुदायको समाधिस्थलको वर्तमान’ अवस्था बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । आइतबार चौविसस्थित राजारानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति धनकुटाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ, सचिवद्वय यासेली योङ्हाङ, भवानी सम्बाहाम्फे, राष्ट्रिय सदस्य सागर केरुङ, लिम्बुवान प्रदेश समितिका सदस्य जया चेम्जोङ लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रम कियाचु धनकुटा जिल्लाका अध्यक्ष कमलसिङ तिगेलाले अध्यक्षतामा भएको थियो । उक्त अवसरमा स्थानीय कलाकारहरुले लिम्बु मौलिक संस्कृतिक केलाङ समेत प्रस्तुत गरेका थिए ।
