झापाका बजार रात्रिकालीन बनाउँन माग

 लिम्बुवान न्युज
                       

दमक, १६ जेठ / झापाका प्रमुख व्यावसायिक केन्द्र बिर्तामोड र दमकमा रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण बनाउनुपर्ने माग उठ्न थालेको छ । सुरक्षालगायतका कारणले साँझ नपर्दै बजार बन्द गर्दै आएका व्यवसायीले कम्तीमा पनि राति १० बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरणको माग हुन थालेको छ ।

भरपर्दो सुरक्षा व्यवस्था र यातायातको सहजता भए राति अबेरसम्म व्यापार व्यवसाय चलाउन सकिन्छ, झापाका पुराना व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य उमेश डालमियाले भने “जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड बेलुका अबेरसम्म खुला राख्नका लागि अब सबै सरोकारवालाले सोच्नुपर्छ,” उनले भने ।

बिर्तामोड बजार हप्तामा एक दिन वाणिज्य सङ्घको आग्रहमा बन्द हुँदै आएकोमा अब यो पनि खुलाउनुपर्ने माग उठ्न थालेको छ । “सोमबार खुल्दै आएको बिर्तामोड बजार अब बन्द नगर्न व्यवसायीको माग छ । शनिबार र आइतबार सार्वजनिक बिदा र सोमबार बजार बन्द हुँदा ठूलो मार पर्ने अवस्था छ,” मेची डिस्ट्रिब्युटर्स एसोसिएसनका अध्यक्ष राजेन्द्र थापाले भने ।

झापाको दमक बजार हरेक शुक्रबार बन्द हुँदै आएको छ । शनिबार र आइतबार सरकारी बिदा भएकाले अब शुक्रबार बजार बन्द हुन नहुने व्यवसायीले माग गर्न थालेका छन् । दमक उद्योग वाणिज्य सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष विमल खतिवडाका अनुसार समयसापेक्ष रूपमा व्यवसायलाई चलायमान बनाउनुपर्छ ।

उनले दमकमा रात्रिकालीन व्यवसाय गर्नका लागि पाँच वर्षअघिदेखि प्रयास हुँदै आए पनि सम्भव नभएको बताए । “हामीले बारम्बार रात्रिकालीन व्यवसाय सञ्चालनका लागि माग गरेका हौँ तर भरपर्दो सुरक्षा व्यवस्थापनको सुनिश्चित भएन,” उनले भने ।
सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंका अनुसार दमकमा शुक्रबार बजार बन्द नगर्ने र बेलुका अबेरसम्म बजार खोल्ने अवस्था सिर्जना गर्ने विषयमा छलफल सुरु भएको बताए ।

चार वर्षअघि रात्रिकालीन व्यवसाय सञ्चालनलाई प्राथमिकतामा राखेर स्थानीय दमक नगरपालिकाले दमकको मुख्य बजार क्षेत्रको सडकलाई पार्कका रूपमा विकास गरेर यसलाई नमुना बजार नामकरण गरेको थियो । केही समय चहलपहल बढे पनि यसको उचित हेरचाह र रेखदेख नभएका कारण फेरि अवस्था उस्तै बनेको छ ।

सडक पार्कको आसपासमा रहेका होटल तथा रेस्टुरेन्ट भने राति अबेरसम्म खुल्ने गरे पनि अन्य पसल खुल्ने गरेका छैनन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...