मोटरसाइकल चोरीमा संलग्न ८ जनालाई पक्राउ गरि सार्वजनिक

,   लिम्बुवान न्युज
                       


दमक, १९ जेठ । झापामा मोटरसाइकल चोरीमा संलग्न ८ जनाको एक गिरोहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा दुई जना नाबालकसमेत रहेका छन् ।
इलाका प्रहरी कार्यालय विर्तामोडमा पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरिएको हो । मोटरसाइकल चोरीमा संलग्न बिर्तामोड–५ बस्ने १८ वर्षिय करण मण्डल, वडा न. ३ बस्ने १९ वर्षिय कुमार राजवंशी, अर्जुनधारा– ८ बस्ने १८ वर्षिय समिर मियाँ, आहिल ग्यारेजका संचालक सप्तरी, टिकुली –५ बस्ने १७ वर्षिय करण महमद, गौरीगञ्ज– ५ बस्ने १८ वर्षिय ओमप्रकाश यादव, इलाम, चुलाचुली बस्ने १८ वर्षिय राहुल श्रेष्ठ तथा १४ र १५ वर्षका दुईजना नाबालक रहेका छन् ।
बिर्तामोड क्षेत्रमा विगत केही महिनादेखि विभिन्न मिति र समयमा मोटरसाइकल चोरीको घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले सुक्ष्म रुपमा खोजतलास शुरु गरेको थियो ।
त्यसक्रममा जेठ १८ गते अर्जुनधारा–८ कदमगाछीस्थित अशोक विहारीको घर र अर्जुनधारा –१० स्थित बिमल हुमागाईको घर सटरमा ग्यारेज संचालन गर्ने सप्तरी, टिकुली –५ घर भएका करण महमदको मोटरसाइकल ग्यारेजबाट ६ वटा मोटरसाइकल बरामद भएको थियो ।
त्यस्तै झापाका विभिन्न स्थानबाट ५ र इलामबाट एउटा गरी थप ६ वटासमेत गरी जम्मा १२ वटा चोरीको मोटरसाइकलसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
बरामद गरिएका मोटरसाइकलहरुमा प्र.१–०१–०१४प ९३१९, मे ६ प ७६३९, प्र.१–०१–०१२ प २७५, नम्बर प्लेट नटाँसेको एउटा, मे ७ प ७६४३, मे १ प ७९४, मे ६ प ६४५१, मे ११ प ५२३७, मे प ७६३९, मे ९ प ७३४६, मे ५ प ७१५०, मे४ प ४०६२ रहेका छन् ।
कार्यक्रममा बोल्दै डिएसपी पाठकले मोटरसाइकल चोरीमा संलग्न अरु पनि समूह हुनसक्ने भन्दै खोजीका लागि प्रहरीले सक्रियता बढाएको बताए । दुईदिन अघिमात्र दमक प्रहरीले चोरी गरेको चारवटा मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;