पत्रकार मंच दमकको अध्यक्षमा देवान

 लिम्बुवान न्युज
                       

दमक । पत्रकार मञ्च दमकको आठौं अधिवेशन तथा १२ औं साधारण सभावाट अध्यक्षमा कमन देवान याक्खा सर्वसम्मत चयन भएका छन् ।

दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा पत्रकार मञ्च दमकको सभाहलमा आज शनिबार सम्पन्न अधिवेशनबाट देवानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएका छन् ।

नवनिर्वाचित उपाध्यक्षमा गिता ढुङ्गाना, सचिवमा उमानाथ भण्डारी, सहसचिवमा धनबहादुर थेवे निवाहाङ र कोषाध्यक्षमा जीवन चुडाल निर्वाचित भएका छन् ।

यसैगरि नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा दिलिप घिमिरे, डिल्लीराम मुसाहाङ, सविना राई, गंगामाया बेघा, टिकाराम विश्वकर्मा र सुमित्रा गुरागाई चयन भएका छन् ।

यस्तै लेखा समिति संयोजकमा सान नेपाल, सदस्यमा लक्ष्मी अधिकारी र संसेमी माङयुङ चयान भएका छन् ।

अनुशासन समितिको संयोजकमा गोपाल झापाली, सदस्यमा छविलाल दवाडी र सेसेमी से.नाल्बो निर्वाचित भएका छन् ।

पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देशराज नेम्बाङले गरेका थिए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...