पत्रकार सहारा उपचार कोषका लागि १ लाख एक हजार सहयाेग प्रदान

 लिम्बुवान न्युज
                       

झापा, २९ जेठ । झापा कन्काई–६ चम्पापुरका चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।

शनिवार चिरञ्जीवी–इश्वरादेवी उप्रेती अक्षयकोष घोषणा समारोहमा उप्रेती दम्पत्तिले महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र कोषाध्यक्ष रञ्जित प्रसाईंलाई उक्त रकम प्रदान गरेका हुन् ।

अक्षयकोषका संरक्षकसमेत रहेका चिरञ्जीवी उप्रेतीले नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि कोषमा योगदान गर्न सहयोग गरेको बताए ।

महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा उप्रेती परिवारप्रति धन्यवाद ज्ञापन गरे ।

चिरञ्जीवी र ईश्वरादेवी अक्षयकोषका अध्यक्ष एकराज उप्रेतीले पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको अक्षयकोषलाई लक्ष्य अनुसार एक करोडको पु¥याउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए । झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै सहभागीले प्रशंसा गरेका थिए ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–६का वडाअध्यक्ष दीर्घ थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार राम निरौलाले गरेका थिए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६० लाख जम्मा भएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...